Tuesday, January 2, 2018

नीलगाई काट्ने फरार

सञ्जय मित्र
रौतहट
संरक्षित वन्यजन्तुको रुपमा रहेको नीलगाईलाई अज्ञात समूहले काटेको छ । रौतहटको गरुडा नगरपालिका ८ जिंगडियामा अज्ञात समूहले नीलगाईलाई समातेर हत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

मंगलवार दिउँसो जिंगडियामा केही मानिसहरुले नीलगाई समातेर हत्या गरेको र मासु बाँड्न खोजेको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा खबर आएपछि घटनास्थलतिर प्रहरी पुग्दा मृत अवस्थामा नीलगाई बरामद गरेको छ । पहिले घाँटी रेटेको र पछि आँखा पनि फुटाएको अवस्थामा पोखरीको किनारमा नीलगाईलाई फेला पारिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक नवराज ठाकुरका अनुसार प्रहरी आउन लागेको थाहा पाएर हत्याराहरु पहिले नै फरार भएका थिए । घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

मृत नीलगाईलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ । जिल्ला वन कार्यालयका सुरेश महतो कोइरीले मुचुलका उठाई पोखरीको डिलमा खाल्टो खनेर पुरिदिएको स्थानीयल बताएका छन् ।

रौतहटको राष्ट्रिय वनबाट बागमती, लालबकैया र लमाहा खोलाको किनार हुँदै आएका बँदेल तथा नीलगाईहरुले किसानको बालीमा क्षति पु¥याएको गुनासो पनि सुनिएको छ । मुख्य गरी लालबकैया किनारका किसानको आलु, तोरी र गहुँ बालीमा बँदेल र नीलगाईले क्षति पु¥याएको गुनासो रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...