Tuesday, January 2, 2018

महम्मदपुरमा फेरि स्याल आतंक

सञ्जय मित्र
रौतहट
रौतहटको गरुडा नगरपालिका ५ महम्मदपुरमा फेरि स्याल आतंक देखिएको छ । गत वर्ष स्यालले करिब दुई दर्जनलाई टोकेकोमा एकजनाको मृत्यु भएको थियो भने केहीको उपचार काठमाडौँ र भारतको दिल्लीसम्म लगेर गरिएको थियो ।
मंगलवार फेरि दुई जनालाई बहुलाहा स्यालले टोकेको छ । महम्मदपुरका करिब ५० वर्षीय चौठी साह र नाम खुल्न नसकेका करिब २३ वर्षका एक युवकलाई समेत स्यालले टोकेको छ । सोही स्यालले एउटा बाख्रालाई पनि टोकेर घाइते बनाएको स्थानीय शिक्षक किशुनदयाल यादवले बताएका छन् ।

गाउँभन्दा बाहिर एक्लै हिँडिरहेका बेला पालैपालो दुवैजनालाई स्यालले टोकेको हो ।
एकै दिनमा दुईजनालाई स्यालले टोकेपछि गाउँका मानिस त्रसित बनेका छन् । फेरि पनि स्यालको आतंक हुने हो कि भन्ने डरले स्थानीय त्रासमा रहेको शिक्षक यादवले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...