Sunday, January 7, 2018

डिसीमा अनेसासले केन्द्रीय कार्यालय भवन खरिदका लागि करिव ३२ हजार डलर स‌ंकलन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा स‌ंसारभरि रहेका लेखकहरुबाट विभिन्न विधामा लेखिएका उत्कष्ट कृतिलाई प्रदान गरिने अनेसास सर्बाेत्कृष्ट पुस्तक पुरस्कार समारोहको दोस्रो चरणको कार्यक्रममा केन्द्रीय कार्यालय भवन खरिदका लागि करीब ३२ हजार डलर स‌ंकलन गरेको छ l

सहभागीहरुबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्यालय भवन र जमीनको खरिदका लागि भनी ३१५६२ डलर सङ्कलन गरियो ।

सन् २०१८ मा अनेसासको निजी भवनमा केन्दीय कार्यालय सञ्चालन गर्ने गरी योजना अघि बढाइएको कुरा बोर्ड अफ ट्रस्टिजका अध्यक्ष डा श्याम कार्की र अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले भेलाका सहभागीहरुलाई जानकारी गराउनुभयाे । र २६ बर्ष ईतिहास बिताएको संस्थाले अब आफ्नै निजि भवन हुनु पर्छ भन्ने मान्यता राख्दै उक्त बिषयमा छलफलमा ल्याई उक्त रकम उठाउन सफल भएको छ l

करीव ३२ हजार डलर नगद नउठाई सवैले प्रतिबद्धता जाहेर गरेका हुन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...