Sunday, January 7, 2018

 अनेसास सर्बाेत्कृष्ट पुस्तक पुरस्कार समारोहमा कवि गोष्ठी भव्यताको साथ सम्पन्न

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा स‌ंसारभरि रहेका लेखकहरुबाट विभिन्न विधामा लेखिएका उत्कष्ट कृतिलाई प्रदान गरिने अनेसास सर्बाेत्कृष्ट पुस्तक पुरस्कारबाट गत जनवरी ६ तारिख वासिङटन डीसी महानगर क्षेत्रको मनाससमा अायोजित एक समारोहमा स्रष्टाहरुलाई सम्मान गरियो ।

यसै गरि उक्त समारोहको तेश्रो चरणमा कवि गोष्ठीको आयोजना समेत गरियो l उक्त गोष्ठी कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरुबाट आएका कवि तथा कवियत्रीहरुले कविता वाचन गरेका थिए l

उक्त कवि गोष्टि कार्यक्रमको सभापतित्व साहित्यकार हरि अधिकारीले गर्नु भएको थियो l उक्त कवि गाेष्ठीमा शिव लामिछाने, सीता पाण्डे, सकुन ज्ञवाली, प्रकाश पाैडेल ‘माइला’, रामप्रसाद खनाल, विकास विष्ट, विमला निरौला,’ गोविन्द गिरि ‘प्रेरणा’ पदम विश्वकर्मा, गोवर्द्धन पूजा, नारायण अधिकारी, गण्डकी पुत्र, मञ्जु विमलीलगायत १८ जना सर्जकहरुका कविता गजल तथा हाइकु वाचन गर्नु भएको थियो l

यसको साथै उक्त पुस्तक समारोह कै दोश्रो चरणको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज को केन्द्रीय कार्यालय भवन खरिदका लागि करीब ३२ हजार डलर स‌ंकलन गरिएको थियो l सहभागीहरुले भवन निर्माणको प्रस्तावलाई समर्थन गर्दै बोलेको रकम दिने प्रतिबद्धता जाहेर गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...