बनियानी, झापा, पुस २० गते । नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताउनुभएको छ ।
झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “एमाले र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतालाई कुनै शक्तिले पनि रोक्न सक्दैन् ।”
पूर्वप्रधानमन्त्री खनालले “नयाँ सरकार र पार्टी एकता चाँडै हुन्छ, यस बिषयमा दुवै पार्टीबीच गृहकार्य भइरहेको छ,” भन्दै बाहिरी हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।
“वाम गठबन्धनबीच दरार ल्याउन विभिन्न खाले प्रचारबाजी भइरहेको छ”–उहाँले भन्नुभयो, “त्यो सबै निराधार कुरा हुन् ।” (रासस)
No comments:
Post a Comment