Thursday, January 4, 2018

कवियत्री शर्मिला थापाको पोखरामा एकल कविता वाचन

गत डिसेम्बर २५ तारीखका दिन पोखरामा कवियत्री शर्मिला थापाको पोखरामा एकल कविता वाचन एकल सफलताका साथ समापन गरिएको छ ।

शर्मिला थापा (शामी) भर्खरै साहित्यमा खुट्टा जमाउदै गरेकी कवि हुन् र उनि एकल महिलाहरुको क्षेत्रमा काम गर्दै आईरहेकी छिन् ।

उनि सोसल एक्टिभिस साथै साक्लिस्ट पनि हुनुहुन्छ । उहाँले दुई महिना अगाडि मात्र अस्तित्व नामक कविता निकालेकी छिन् । यसमा ४६ वटा कविता लेखिएको छ । अस्तित्व एउटा सशक्त नारीवादी कविता हो ।

यसमा एकल आमाको पिडा,ब्यथा अनि सघर्ष, र उनि आफैले भोगेको जीवन शैलीको अनुभवलाई उतारेको यथार्थता छ ,आफ्नै आगनमा पलाएका तिनै अनेक तीता याथार्थ र हुर्कदै गएको पीडा, चोट, ब्यथा र कुन्ठाहरुको उपज पनि हो यो कविता ।

उहाँ अस्तित्व लोकार्पण नहुदाँ नै बजारमा करिब पाँच सय बिक्रि भइसकेको जानकारी आएको छ र यो अस्तित्व कवितामा उनले पोखेको भावनाबाट आम एकल नारीको बेदना झल्किन सक्छ यो कविताले एउटा शर्मिलाको मात्र कविता नभएर यस्ता थुप्रै शर्मिलाहरुको अस्तित्वको प्रतिनिधित्व गर्दछ र उनि आफ्नो यो कवितालाई सबैले एक पटक हेरिदिनु समेत हार्दिक आग्रह गर्दछिन् र निरन्तरता दिईरहने अठोट गर्छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...