Saturday, January 6, 2018

अब अमेरिका आउँदा नेपालीहरुले यस्ता चिज नल्याए पनि हुने

विजय थापा ,अब उहिले उहिले जस्तो अमेरिका आउँदा नेपालीहरुले ल्याउने जस्ता सामान ल्याई रहनु पर्ने झन्झट हटेको छ l जति सक्दो ल्याएको राम्रो तर के के ल्याउदा अमेरिकामा फाइदा हुन्छ त्यो महत्वपूर्ण हुन्छ l पहिले पहिले छोराले भात खान नपाउला ,दाल पनि खान नपाउला भन्ने जमाना गएको छ l नेपालबाट मसिनो चामल ,दाल ,सेलरोटी आदि ईत्यादी अनेक चिज ल्याइने गरिन्थ्यो l दाल अझ पनि ल्याइन्छ l चामल ल्याउने चलन हराएको छ l अझ पनि पिठो पनि ल्याउने गरिन्छ l आफू र आफ्ना मान्छे आउदा अनेक चिज मगाइने गरिन्छ l

यसको अर्थ यो हैन कि आफू संग नेपालमा भएको चिजहरु किन न ल्याउने भन्ने चाही हैन l अब अमेरिकामा नेपाली समुदाय तथा भारतीय समुदायको जन घनत्व बिज गणित हिसाबले वृद्धि भएको छ l असंख्य भारतीयहरुका पसल तथा नेपालीहरुका पसल हुनाले अब कुनै पनि चिज अमेरिकामा न पाइने भन्ने रहेन l

जे चिज पनि पाइने भएकोले नेपाली समुदायलाई सुबिधा भएको छ l र सवैले खुशी महसुस गर्न थालेका छन् l अब नेपालीहरुले यस्ता चिज ल्याउनु भन्दा बरु रकम सरकारले सुबिधा दिने जति छ त्यो ल्याए भने राम्रो हुने छ l तुलनात्मक रुपमा अमेरिका भन्दा नेपालमा धेरै कुराहरु सस्तो हुन्छ l तर गुण को हिसावले अमेरिका संग तुलना हुदैन l

अमेरिका अन्य देशको तुलनामा सामानहरु निकै सस्ता भेटिन्छन l र अन्य देश बाट आउएन मानिसले यहाँ ज्यादै खरिद गर्दछन l के के नल्याउदा हुन्छ अब ?

१. कपडा/लुगा: मौका बारम्बार आउदैन भनि अमेरिका आउने भने पछि बिशाल बजारहरु बाटपसल नै उठाएर झैँ ल्याएका लुगाहरु केवल ४ महिना देखि ६ महिना सम्म चल्छ त्यस पछि मानिसले लगाउदैन l किनभने यतै कमाउने हुनाले नेपाल बाट ल्याएका अधिकांश लुगाहरु अमेरिकामा यन्त्रले धुने हुँदा कम असल लुगाहरु छोटो हुने र नटिक्ने हुँदा रहेछन l

अर्को कुरा अमेरिकामा दैनिक लुगा फेर्नु पर्ने हुनाले बिस्तारै काम गर्दै जाँदा नेपालबाट ल्याएका लुगाहरु कामै नलाग्ने हुने पनि हुनाले जीवन भरलाई किने जस्तै लुगाहरु नल्याए पनि हुन्छ l महिलाहरुका बिशेष प्रकारका फरियाहरु नेपालमा निकै सस्तो पनि हुन्छ l अचेल बिधुतिय प्रणाली (अनलाइन )द्वारा किन्ने प्रचलन आएकोले त्यति महँगो नपर्ने हुन्छ l किनभने कमाउदै जाँदा त्यति धेरैठूलो रकम नलाग्ने हुन्छ l अमेरिका केहि बर्ष बसेका मानिसले बिशेष केहि पहिरन बाहेक अन्य लगाउने कपडा हरु अमेरिकामा नै किन्ने गर्छन l अन्त्यमा नेपाल बाट ल्याएका लुगाहरु चन्दा बाकसमा दिनु पर्ने हुन्छ l

२.तरकारी काट्ने औजारहरु :तरकारी के चिजले काट्ने होला भन्ने पिर नगर्नु नै बेस l नेपाल बाटै चुलेसी ,हँसिया ,खुकुरी ,चक्कु तथा अन्य चिजहरु ल्याउनु हुदैन l अमेरिकामा यहाँको चलन अनुसार सवै चिज पाइने हुनाले ज्यादा तनाव नहुनु नै बेस l मासु काट्न ,तरकारी काट्न प्याज काट्न भनि औजारहरु ल्याउनु हुदैन l किनभने यहाँ त्यसको व्यवस्था हुने र यता को औजारहरु प्रयोग गर्ने प्रचलन आई सकेको छ l

३. चामल ,दाल र घिउ : पहिले पहिले जस्तो अमेरिकामा के खाएर नेपालीहरु बस्छन होला भन्ने लाग्ने गर्थ्यो l भात भएन भने के खान्छन होला भन्ने समुदाय हुन्थ्यो l अमेरिकामा सधै भात खाने नेपालीहरु छन् l बिहान अरु चिजले काम गरेता पनि साँझमा भात नै खाने चलन भएता पनि चामलको पिर गर्ने चलन हटेको छ l यसै गरि तेल ल्याउने चलन छैन l तोरीको तेल पूजाको लागि ल्याउने चलन छ l

अमेरिकामा दुध र घिउ यति राम्रो पाइन्छ कि हामीले परिकल्पना नै गर्दैनौ l तसर्थ चामल ,घिउ तथा कालो चुक अमिलो ल्याउनु पर्दैन l अमिलो यति राम्रो पाइञ्छ कि त्यसको कुनै बयान नै छैन l अमेरिका आएका नया मान्छेहरुले नेपाल बाटै साबुन पनि ल्याएका हुन्छन l हुन् त को संग माग्ने र कहाँ किन्ने कसरी किन्ने भन्ने समस्या हुन्छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...