Thursday, January 4, 2018

अमेरिकामा टेलिफोन (दूरवार्ता) जालसाजी तथा ठगी (स्क्याम )को तहल्का बाट यसरी बच्न सकिन्छ ,मुलमन्त्रहरु :

अमेरिकामा आएका नव आगन्तुक तथा अमेरिकामा बसोबास गर्ने लाखौ मानिस यस बाट पीडित छन् l अमेरिकामा प्राय ठगिने गरिन्छन l जतिनै बाठो हु भन्ने हरु पनि ठगिएका हुन्छन l टेलिफोन (दूरभाष )एउटा यस्तो माध्यम हो जसको कारण बाट नवआगन्तुक अझ ठगिन जान्छन l हामीले नेपाल मै यस्ता ठगिने समाचार पढेका छौ l जानेका छौ र बुझेका छौ l

तर साबधानी गर्दा गर्दै मानिसहरु ठगिने क्रम रोकिएको छैन l बिशेष अमेरिका आएका नव आगन्तुकहरु निकै सावधान हुनु पर्ने छ l उनीहरुको मुख्य उद्धेश्य कुनै हालतमा पनि पैसा ठग्नु र व्यक्तिगत सूचना लिनु रहेको हुन्छ l

वास्तवमा साच्चै नै उनीहरु मानिस नै हुन्छन l सक्कली नै मानिस बोलेका हुन्छन तर अज्ञात स्थल बाट l पत्ता लगाउन नै सकिदैन l अधिकांस बाहिर र अंतर्जाल(इन्टरनेट )को ज्ञाता भएकोले उनीहरुलाई प्रहरीले पनि पत्ता लगाउन गाह्रो पर्छ l बेलाबेलामा पक्राउ परेका समाचार पनि आउछन l उनीहरुले रोबोकल (अर्थात् सत्य मानिस बोलेको जस्तो गरेर सन्देश भरिएको आवाज ) अथवा सन्देस हामीलाई पठाउदछन l उनीहरुले गैर कानूनी रुपमा प्रयोग गर्ने गर्छन l यस्ता जालसाजीमा भारतीयहरु ज्यादा सक्रिय पनि छन् l

कुरा गर्ने व्यक्तिले झुटो प्रतिज्ञा गर्ने र खरिद गर्ने ठूलो अवसर भएको र नाना थरिका कुराहरुले फकाउन खोज्दछन l त्यसको साथै नि;शुल्क सामग्री प्रयोग गर्न पठाउने छौ भनि ठेगाना र अन्य केहि सूचना पनि लिन्छन l यसको साथै चिट्ठा परेको हुनाले केही प्रक्रिया चलाउन रकम चाहिने जस्ता कुराले पनि धेरै ठगिएका छन् l कैयौ ठगहरुले कारागार लाने र अहिले प्रहरी आउदै छ भने डर र त्रास समेत गरेर केहि पैसा लागेका घटना हजारौ छन् अमेरिकामा l यदि दिएन भने प्रहरी तु पठाउछु भनि पैसा असुल गर्ने पनि छन् l त्यसमा हामी नेपाली समुदाय पनि परेका छन् l

यस्तो ठगि को उजुरी गर्ने :

यस्तो जालसाजी या ठगि मा पारिएको छ भने अमेरिकाको सङ्घीय सँस्था ले सहायता गर्छन l उनीहरुले यस्ता लाई कानूनी उपचारको लागि मुद्धा दायर गरि दिन्छन l तथापी सङ्घीय सँस्था (एजेन्सी )हरुले व्यक्तिगत दूरवार्ता जालसाजी तथा ठगी को भने अनुसन्धान गर्दैन l

यस्तो अवस्थामा फेडेरल ट्रेड कमिसन को १ – ८७७ -३८२- ४३५७ मा सम्पर्क गर्न भनि अनुरोध गर्दछ l सरकारी संस्थाहरुले यस्ता ठगि उजुरीहरु संकलन गर्दछन l यस्तो अवस्थामा आफ्नो घरको या निजि संचार माध्यम(भ्रमण ध्वनि ) मोबाईलमा दूर संचार माध्यम बाट बिक्रि वितरण गर्ने सबैलाई ” डु नट कल रजिस्ट्री ” मा खबर गर्दा यस्ता कुराको समाधान हुनेछ l

यसको साथै कसले गरेको र कुन संख्या बाट गरिएको सम्बन्धि संघीय संचार आयोग लाई खबर गर्ने या १ -८८८ -२२५ -५३२२ मा गर्दा यस्ता जालसाजी बाट मुक्त हुन् सकिने छ l यसै गरि आफ्नो राज्यको राज्य सुरक्षा कार्यालयमा पनि गरे यस्ता ठग बाट जोगिन सकिने छ l स्टेट प्रोटेक्सन अफिस ले आफ्ना निवासी ग्राहक का समस्या हेर्ने गर्छ l

अमेरिका आएका नव आगन्तुकले कसरी ठगि बाट बच्ने :

माथिका कुराहरु स्मरण गर्ने र यस्ता बाट सरल संग बच्न पनि सकिन्छ l

के गर्ने यस्तो बेलामा :

सबै भन्दा पहिला आफ्नो दूरवार्ता संख्या अमेरिकाको “नेसनल डु नट कल रजिस्ट्री “मा दर्ता गराउनु पर्छ l यसको लागी बिधुतिय प्रक्रिया बाट दर्ता पनि गराउन सकिन्छ भने या आफैले १ -८८८ – ३८२ -१२२२ संख्यामा खबर गर्ने l यस्तो गरे पछि पनि दूर बजारीकरण ( टेलि मार्केटिंग ) आयो भने ठगि को पनि आउन सक्ने हुन्छ l

यस्तो अवस्थमा तपाईले पुरस्कार जित्नु भएको छ या बिदा को लागि गठरो ( प्याकेज ) आएको छ भन्ने छन् l शंकास्पद घन्टी र संख्या आएमा राखी दिनु या बन्द गरि दिनु पर्छ l

घन्टी दिने को संख्या हाम्रो संचार थान( टेलिफोन )मा आउछ र सावधान हुनु पर्छ l उनीहरुले आफ्नो संख्या परिवर्तन गरि रहन्छन र त्यसलाई स्पुफ़िङ्ग अर्थात् प्रपन्च या गिज्याउने भन्ने अर्थ लाग्छ l यसमा होसियार हुनु पर्छ l

के चाही गर्नु हुदैन हामीले :

तुरुन्तै आफुले कार्य (एक्सन )गर्ने दबाबमा पर्नु हुदैन  l यदि यहाँलाई तपाई ले सुन्दै हुनु हुन्छ ? अर्थात् क्यान यु हियर मि भन्ने सुरु गरे भने तपाईले हो या हुन्छ अर्थात् “एस “भन्नु भयो भने ठगहरुले हामीले भनेको अभिलेख (रेकर्ड ) गर्छन l

एस भन्ने शब्दलाई तोडेर मोडेर भजाएर ,यसको मतलब तपाईले खरिद गर्न स्वीकार गरेको प्रमाण जुटाउन कोसिस गर्छन l समान किन्न स्वीकृत गरेको या आफ्नो उधारो पत्र (क्रेडिट कार्ड ) प्रयोग गर्न अनुमति जस्तो बनाउने प्रयास गर्छन l

कहिले पनि झुक्किएर पनि आफ्नो उधारो पत्र को संख्या नदिनु होला (क्रेडिट कार्ड नम्बर ) यसको साथै कुरा गर्ने कुनै पनि मानिसलाई व्यक्तिगत सूचना नदिनु होला l

अमेरिकामा सामाजिक सुरक्षा पत्र (सोसल सेक्युरिटि कार्ड ) कहिले पनि कसैलाई भुलेर भए पनि नदिनु होला l  यसको साथै अन्य दुर संचार प्रणालीको माध्यम या नगद पत्र (डेबिट कार्ड ) द्वारा पनि कहिले कसैलाई दिनु हुदैन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...