Thursday, January 4, 2018

अमेरिका आउन खुकुलो प्रवेशाज्ञा (भिसा) नीतिमा परिवर्तन

सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकार लगायत गैर पर्यटकीय प्रवेशाज्ञा (भिसा) समान (बराबर )बनाएको छ।

दुवै देशले एकअर्काका नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) अवधि र लाग्ने शुल्क समान भएको छ । मन्त्रिपरिषदले गत पुस १३ को बैठकले अमेरिकी प्रस्ताव बमोजिम अध्ययन, कामदार र पत्रकार भिसा शुल्क र अवधिमा एकरुपता कायम गर्ने निर्णय गरेको हो । पर्यटक प्रवेशाज्ञा (भिसा) मा भने थप छलफल गर्नुपर्ने भन्दै एकरुपता कायम हुन सकेन ।

काठमाडौँस्थित अमेरिकी दुतावासले गत असोज १९ मा अमेरिकी नागरिकप्रति नेपालको नीति समान बनाउन तथा प्रवेशाज्ञा (भिसा)को किसिम, अवधि र लाग्ने शुल्कमा हेरफेर गरी पर्यटक, अध्ययन, कामदार र पत्रकार प्रवेशाज्ञा (भिसा) को शुल्क र अवधिमा एकरुपता कायम गर्न परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव गरेको थियो।

मन्त्रिपरिषदको निर्णय अनुसार दुवै देशले विद्यार्थीका लागि ३ सय ६० अमेरिकी डलरमा पाँच वर्ष (अध्ययन अवधिभर) का लागि बहुप्रवेशी (मल्टिपल) प्रवेशाज्ञा (भिसा)जारी गर्नेछन् । अब दुवै देशका कामदारले १ सय ९० अमेरिकी डलरमा ३ वर्षको बहुप्रवेशी प्रवेशाज्ञा (भिसा)पाउनेछन् । पत्रकारलाई पनि दुवै देशले १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी प्रवेशाज्ञा (भिसा)जारी गर्नेछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...