Tuesday, January 30, 2018

एनआरएनको मिडिया समिति गठन सहसंयोजकमा सम्पादक घिमिरे

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) को मिडिया तथा प्रकाशन समिति गठन भएको छ ।
तीन महिना अघि काठमाडौंमा सम्पन्न एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलनपछि निर्वाचित कार्यसमितिले मिडिया तथा प्रकाशन समितिलाई पूर्णता दिएको हो । समितिको अवधि सन् २०१७/१९ को हुनेछ ।
समितिको संयोजकमा एनआरएन अन्तर्राष्ट्रिय समितिका प्रवक्ता भुषण घिमिरे छन् । सहसंयोजकमा हिमालय खबरका सम्पादक विजय घिमिरे लगायत अन्य दुईजना चयन भएका छन् । लामो समयदेखि एनआरएन अभियानलाई नजिकबाट हेर्दै र लेख्दै आएका सहसंयोजक घिमिरे हाल अमेरिकामा कार्यरत छन् ।  नेपालमा पत्रकारितामा रहँदा नागरिक दैनिकको अर्थ सम्पादक र कान्तिपुर दैनिकमा अर्थ व्यूरो प्रमुखका रुपमा भूमिका निर्वाह गरिसकेका घिमिरे हाल अमेरिकाको डेनभर शहरमा बस्छन् ।
सहसंयोजकमै अष्ट्रेलियाबाट हेमन्त काफ्ले र बेलायतबाट चिरन शर्मा चयन भएका छन् ।
सदस्यहरुमा डिल्ली ढकाल, बुध्दिसागर घिमिरे, रामचन्द्र गिरी, किसन राई, आनन्द कोइराला, दिल कुमार श्रेष्ठ, मेघराज सापकोटा, नवराज बिके, शुक्र लामा, बसन्त रानाभाट, फणिन्द्र भट्टराई, प्रजय शुक्ला, होम लम्साल, आङ छिरिङ शेर्पा र गोकुल लामिछाने मनोनय भएका छन् । सदस्यमा मनोनित लम्साल र शेर्पा पनि अमेरिकामै कार्यरत छन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...