Tuesday, January 30, 2018

सहिद दिवसको उपलक्ष्यमा सहिद मेमोरियल अस्पताल द्वारा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

काठमाडौँ : सहिद दिवसको उपलक्ष्यमा काठमाडौँको कलंकीमा अबस्थित सहिद मेमोरियल अस्पतालले निशुल्क स्वास्थ्य परिक्षण सेवा सम्पन्न गरेको छ l बिक्रम सम्बत २०६३ मा महान सहिदहरुको सम्झना स्वरुप स्थापना भई संचालन हुदै आएको यस अस्पतालले स्वास्थ्य सम्बन्धिको सम्पुर्ण उपचारहरु गर्दै आएको छ l चौबिसै घण्टा खुल्ला रहने यस अस्पतालमा करिब १३० जना कर्मचारी, डाक्टर तथा नर्सहरु लगायतले बिरामीहरुलाइ सेवा प्रदान गर्दै आएका छन l

सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्बाह गर्दै आम जनताको स्वास्थ्यलाइ ध्यानमा राखेर बर्षेनी विभिन्न स्थानहरुमा निशुल्क स्वास्थ्य शिबिरहरु संचालन गर्दै आएको तथा हरेक बर्ष सहिद दिवसको उपलक्ष्यमा अस्पतालको हाता भित्रनै ग्राण्ड स्वास्थ्य शिबिर सन्चाल गर्दै सयौ बिरामीहरुलाई निशुल्क सेवा प्रदान गर्दै आएको कुरा अस्पतालका निर्देशक डाक्टर दिपक श्रेष्ठले बताए l उनि भन्छन हामि सधै आम जनता सर्ब साधारणहरुको स्वास्थ्यलाइ ध्यानमा राखेर अनुभबी डाक्टर नर्सहरु द्वारा आधुनिक उपचार पद्दति र प्रबिधि बाट चौबिसौ घण्टा अहोरात्र बिरामीको सेवा तथा उपचारमा तल्लिन हुन्छौ जसको कारणले गर्दा अस्पताल अहिलेको स्थितिमा पुगेको र नेपालीको जनताको मन जित्न सफल भई उच्च गुणस्तरयुक्त उपचार सेवा प्रदान गर्न सक्षम भएको हो l

महान सहिदहरुको सम्मान स्वरुप संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परिक्षण गरि सयौ सर्ब साधारण बिरामीहरुले लाभ लिएको कुरा अस्पतालको नर्सिङ डाइरेक्टर सिर्जना महतले जानकारी गराइन l

उक्त अबसरमा अहोरात्र खटेर काम गर्ने तथा अस्पताललाई एउटा पारिवारिक बाताबरण बनाइ मन्दिर जस्तो बनाउन सहयोग सम्पुर्ण डाक्टर, नर्सिङ स्टाफहरु, अस्पताल प्रशासन लगायत सम्पुर्ण कर्मचारीहरुलाई र अस्पताल संचालक समितिलाई समेत अस्पतालका निर्देशक डाक्टर दिपक श्रेष्ठले धन्यबाद ब्यक्त गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...