Monday, January 29, 2018

भर्जिनिया वुडब्रिजका दुर्गा बहादुर पुन सघन उपचार कक्षमा (आईसियु ) भर्ना

 

भर्जिनिया वुडब्रिजका दुर्गा बहादुर पुन हृदयघात र दुवै मृगौला खराब भएर सघन उपचार कक्ष (आईसियु) मा भर्ना भएका छन्। हृदयघात भएर अस्पताल लगे पछि चिकित्सकहरुले दुबै मृगौला पनी खराब भई सकेको घोषणा गरेका थिए।

पुन कि धर्मपत्नी पनि सवारी दुर्घटनामा सख्त घाईते भएर बिगत ६ महिना देखी ओछयांनमै थला परेकी छिन्। उनका छोराले आफ्ना बुबा, आमाको बचाउको लागी नेपाली समुदायसंग हारगुहार गरेका छन्।

तामांग सोशाईटी अफ् ग्रेटर वाशिंगटनका अध्यक्ष उत्तर लामा सहित तामांग सोशाईटीको एक टोली गत जनवरी २८ तारिखका दिन आइतबार वुडब्रिज पुगेर अस्पतालमा बेहोस् दुर्गा बहादुर पुनकी धर्मपत्नी धन कुमारी पुनलाई तामांग सोशाईटीको तर्फबाट १ हजार ४ सय नगद हस्तान्तरण गरेका छन् l उक्त सहयोग टोलीमा संस्थाका अध्यक्ष उत्तर लामा ,निबर्तमान अध्यक्ष श्रीलाल मोक्तान, सुनिल तामांग, नानीदेबी लामा र श्याम लामा रुम्बा रहेका थिए l

अस्पतालमा बेहोस् दुर्गा बहादुर पुनको परिवार धर्म संकटमा परेकोले सहयोग गर्न ईक्छुकले निम्न लिखित कुनै व्यक्ति संग सम्पर्क गर्न सक्नु हुनेछ।

सम्पर्क :

उत्तर लामा, ७०३-७२५-९५२३
सतिदेवी थापा, ७०३-५६५-६७१९
खेम भट्टचन, ५७१-२४२-५५१०

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...