Monday, January 29, 2018

एनआरएन अमेरिकाले फेब्रुअरी महिनाको १७ बाट टोल फ्री नम्बर सहितको हेल्प डेस्क संचालन गर्ने

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकावासी नेपालीहरूलाई सेवा दिनका लागी हेल्प डेस्कको स्थापनाका साथै टोल फोरी नम्बरको सुरुवात गरेको छ ।

आगामी फेब्रुअरी महिनाको १७ तारिखबाट टेक्ससको अष्टिनबाट बिधिबत सञ्चालनमा ल्याउन लागिएको सो टोल फ्री सहितको हेल्प डेस्क मार्फत अमेरिकामा रहेका नेपालीहरूलाई आपत्कालीन बाहेकका सेवाहरूका लागी सम्बन्धित पक्षहरू सँग सेवाग्राहीलाई जोड्ने तथा प्रत्यक्षरुपमा सहयोग उपलब्ध गराउने लक्ष्य रहेको एनआरएन अमेरिकाले जनाएको छ ।

संस्थाकी उपाध्यक्ष तथा हेल्प डेस्क समिति संयोजक उमा कार्की थापाले दिएको जानकारी अनुसार हेल्प डेस्कले सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिनुका साथै अमेरिकाभरि रहेका सङ्घ संस्थाहरूको संस्थाहरूको सहयोग र सहकार्यमा आवश्यकतामा रहेका अमेरिकी नेपालीहरूलाई अन्य दक्ष र सक्षम नेपालीहरू सँग जोडी सहयोगको वातावरण सृजना गराइने छ ।

अमेरिकाभरिबाट नै नेपालीहरूले टोल फ्रीनम्बरमा सम्पर्क गरी आफूलाई परेका समस्याहरूका बारेमा जानकारी गराएपछि हेल्प डेस्कले आफ्नो नेटवर्क प्रयोग गरी सहयोग गर्ने योजना रहेको एनआरएन अमेरिकाले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...