Thursday, January 4, 2018

१३ दिनसम्म भाइसंगै बाबुको किरिया बसेकी झरनाको जिब्रो समेत दुइ टुक्रा, ६० भन्दा बढि भागमा ट्याट्टु [हेर्नुस भिडियो]

नेपाली समाजमा आधुनिक, स्वतन्त्र र खुलस्त भएको सावित गर्न सबैजना केहि न केहि कोसिस त गरिनै रहेका हुन्छन जुन देखिरहेको पनि छ । पुरा विश्व कहाँदेखि कहाँसम्म पुगिसक्यो तर हाम्रो पुरुषवादी समाज भने जहाँको त्यहि छ । मान्छेहरु जति नै शिक्षीत किन नहुन्ज जहाँ महिलालाई घरको र व्यक्तिगत सामानको रुपमा निर्धारण गरिन्छ ।

झरना गुरुङ ट्याटु र शरीर छेड्नमा शौखीन कलाकार हुन् । गुरुङको शरिरमा ६० प्रतिशतभन्दा बढि भाग ट्याटु मात्रै खोपेर भरिएको छ । साथै उनको शरीरका विभीन्न भागहरु पनि डरलाग्दो तरिकाले छेडिएको छ । रोचक कुरा त उनको जिब्रोसमेत दुई टुक्रा पारेर काटिएको छ।

झरना गुरुङ निडर र साहसि महिलाको रुपमा चिनिन्छिन । झरना विभीन्न डरलाग्दो रुपमा देखा परेकै कारण कैयो सामना समेत खेप्नुपरेको बताउछिन । २३ वर्षिय झरना काठमाडौको धापासिमा बस्दै आएकी छिन ।

पिएनपिखबरसँग कुरा गर्दै उनले परिवारबाट सुरुमा गालि गर्ने गरेतापनि पछि आएर सपोर्ट गरेको बताइन । समाजबाट नकारात्मक प्रतिक्रिया आउने गरेपनि आफुलाई कुनै असर नपर्ने भन्दै गुरुङले आफ्नो नजरमा आफुले गरेको काम सहि लाग्ने बताइन। बिवाहको बारेमा केहि नसोचेको बताउने उनी १३ दिनसम्म आफ्नो बाबुको किरिया बसिसकेकी छिन।

हेर्नुस उनीसँग गरिएको रमाइलो कुराकानी:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...