Thursday, January 4, 2018

वंगुरलाई प्राथमिकता दिदै माघ २ गतेदेखि फुड फेस्टिवल

महोत्सव अन्तर्गत माघ २ गते देखि ६ गते टाँडी चोकमा फुड फेष्टिवल गरिने छ । पाँच दिन सम्म चल्ने सो फुड फेष्टिबलमा बंगुरपालन व्यवसायहरुको प्रवद्र्धनका लागि बंगुरसंग सम्वन्धित मासुको खपत बढाउन, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित पोर्क, पोल्ट्री, कृषिका खाद्य परिकार सहित फुड फेस्टिबल कार्यक्रम आयोजना गरिएको संघका निर्वतमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए ।
कलाकारहरु द्वारा विविध सांस्कृतिक कार्यक्रम पनि हुने

रत्ननगर महोत्सबमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु बद्री पगेनी, कोमल ओली, हेमन्त शर्मा, मिलन लामा, प्रमोद खरेल, शशी रावल, एड्रियन प्रधान, मिना निरौला, सुनिल गिरी, नेत्रजी पन्त, भुवन प्यासी लगायतको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति तथा स्थानीय स्तरका उदयीमान प्रतिभाका कला प्रष्फुटनको अवसर महोत्सव अवलोकनकर्ताको आकर्षण हुने कला तथा सांस्कृतिक समितिका सदस्य राजेन्द्र हमालले जानकारी दिए । यस पटक महोत्सव प्रवेशको लागि टिकट शुल्क सर्वसाधारण तर्फ रु.५० र विद्यार्थी शुल्क रु.२५ राखिएको छ ।
रत्ननगर महोत्सवको शोभायात्रा वृहत वनाईदै

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको शोभायात्रामा यस पटक संघसंस्था,आमा तथा महिला समुह, विद्यालय, कृषि, पशुपंक्षी लगायतका ५ सय भन्दा वढिको सहभागीता रहने शोभायात्रा समितिकी संयोजक विरञ्जना घिमिरेले जानकारी दिईन् । अघिल्ला महोत्सवमा करिव ३ सय ५० को हाराहारीमा संघसंस्थाहरु सहभागी हुने गरेका थिए । महोत्सवको पहिलो दिनलाईनै विषेश वनाउने तयारी गरिएको संयोजक घिमिरेले वताईन् । मधेशी समुदायको पहिचान झल्कने झाँकी समेत यस पटकको महोत्सवमा हेर्न पाईने उनले जानकारी दिईन् । शोभायात्रामा सहभागी हुनेहरु मध्येलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । सहभागी मध्ये संघसंस्था,थारु लठ्ठी नाच,डम्फु नाच,कृषि,पंक्षी,संचार माध्यमबाट सर्वोत्कृष्ठ,उत्कृष्ठ र उत्तम छनौट गरेर अवार्ड प्रदान गरिने संयोजक घिमिरेले वताईन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...