Sunday, January 28, 2018

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ का सबै सांसद निर्विरोध

१४ माघ, जनकपुर । संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले प्रदेश २ को खुला समूहबाट राष्ट्रियसभा सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । यससँगै प्रदेश २ का आठै सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

 

महिला कोटामा तीन तथा अल्पसंख्यक र दलित कोटामा एकएक जनाको मात्र उम्मेदवारी परेको थियो ।

तर, खुला समूहको तीन दलका लागि चार जनाको उम्मेदवारी परेको थियो । हुसेनले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसका जितेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।

संघीय समाजवादी पार्टी  नेपालका अध्यक्ष रिजवान अन्सारीले प्रधानमन्त्रीका साथै सबै दलको आग्रहमा उम्मेदवारी फिर्ता लिएको अनलाइनखबरसँग बताए ।

महिला समूहबाट माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव तथा फोरमकी प्रमिला कुमारी तथा अल्पसंख्यकबाट राजपाका वृषेशचन्द्र लाल तथा दलित कोटाबाट फोरमका रामप्रित पासवान निर्विरोध भइसकेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...