Monday, January 1, 2018

अंग्रेजी नया बर्षमा राजेशले झुमाए पुर्बेलिलाई : पलले पनि गीत गाए, हेर्नुस् (भिडियो सहित)

ईटहरी/ अङ्ग्रेजी नयाँ बर्ष को अवसर पारेर २०१७ को अन्तिम रात ईटहरीमा एक साङितिक कार्यक्रम भएको छ । जसमा राई ईज किङ, मेघा स्टार र ईन्टरनेसनल पप स्टारको उपमा पाएका गायक राजेश पायल राईको धमाकेदार प्रस्तुती रहेको थियो । सिल्भर ईन्टरटेन्मेन्टको आयोजनामा ईटहरी स्थित सानो जनता स्कुलको प्राङ्गणमा भएको उक्त कन्सर्टमा सयौ ईटहरीबासिको उपस्थिति रहेको थियो ।
राजेश संगै पुर्वका चर्चित लोकदोहोरी गायिका अन्जु गौतम, युट्युबबाट कभर भिडियो गाउदै लोकप्रिय बनेको पुर्वेली ठिटो पल लिम्बू, गायक डिल्ली फोम्बो, बबिन लिम्बु लगायत गायक गायिकाको प्रस्तुति रहेको थियो । साझ ६ बजेबाट सुरु भएको कन्सर्ट झन्डै १० बजेसम्म निरन्तर संचालन भएको थियो । कन्सर्टमा राजेशले दर्शन नमस्ते, उकालिमा जादा जाँदै, तिम्ले बाटो मोड्यौ अरे लगायतका आधा दर्जन बढी आफ्ना लोकप्रिय गीत गाए भने पल लिम्बुले चर्चित गीतहरु गाएर सुनाए । यता पुर्बेली गायिका अन्जुले पनि आफ्नो चर्चित गीतहरु प्रस्तुत गरेको कार्यक्रमलाई ईक्सा मादेनले सन्चालन गरेकी थिइन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...