विजय थापा , सपनाको देश र अवसरको भूमि अमेरिका l के गर्थिस भन्ने शब्द पनि ननिकाल्ने देश अमेरिका l अमेरिकामा खुट्टा टेकेको बर्षको हिसावले ठीक १० बर्ष पुगेर ११ बर्ष लाग्यो l
के गर्थिस भनि नसोध्ने देश अमेरिकामा आफूले अनुभूति र भोगेका कुराहरु पस्किन मन लाग्यो l अन्तर्वार्तामा लिने या दिने प्रसङ्गमा भन्न खोजिएको आशय हैन l जागिर खाई रहदा या कामको शिलशिलामा सहकर्मी तथा अन्य साथीभाईले के गर्थिस भनी नसोध्ने अवस्थाको सेरोफेरोमा यो कलम चलाईएको हो l
शायद कामको जिम्मेबारीको कारण अरुको सोधखोजमा समय खेर नफाल्ने हुनाले देश प्रगति पथमा लम्किरहेको त हैन भन्ने महसुस गरेको छु l नयाँ बर्ष को पहिलो दिन कलम निरन्तर चल्ने हुन्छ भन्ने बिश्वासले मस्तिष्कमा केही उब्जिएको कोर्ने जाँगर लागेको हो l
पहिले पहिले अपराधीलाई बकाउन कोर्रा र सिस्नो पानी लगाइन्थ्यो तर गोप्य कुराहरु भन्दैनन थिए l अमेरिकामा हामीलाई आश्चर्य लाग्नु स्वाभाविक हुन्छ l हाम्रो खोतल्ने प्रवृति हुन्छ l शायद हामी आप्रवासी हुनाले होला हामी सँग कुरा खोतल्न आनाकानी गर्छन l उनीहरु पनि भन्दैनन l
कुरा खोल्नु या नखोल्नु मानिसको स्वतन्त्र विचार तथा नैसर्गिक अधिकार पनि हो l उनीहरुले कुराहरु ज्यादा नसोध्ने भएकोले आफूपनि कसैलाई के काम गर्छस भनेर सोध्न मन लाग्दैन l किनभने अमेरिकामा के गर्थिस भन्ने त्यति सोध्ने प्रचलन नहुने होला आफू काम गरेको ठाउँमा १० बर्ष पुरा भएर ११ बर्ष लाग्दा पनि सोधेका छैनन् l कस्तो देश रहेछ भन्ने पनि लाग्छ l यस्तो नसोध्नु नै राम्रो रहेछ भनेने आफूले बुझे l
अमेरिकामा काम आदि ईत्यादी को बारेमा सोध्ने चलन प्रवृतिलाई अस्वाभाविक पनि मानिदो रहेछ l आफैले म यो काम गर्छु भन्ने मानिस प्रसस्त भेटिन्छन l नजिकिदै जाँदा कुराहरु खोतल्ने पनि गरिन्छ l सवै गाँठो फुकाउनु पनि हुदैन रहेछ l बिदेशीहरुले सवै कुराहरु भन्दैनन l नभन्ने भन्ने चाही हैन l
तर हामी धेरै कुराहरु कोट्याउने कोसिस गर्छौ l काम बारेमा बताउदा केहि खराब हुदैन l र ,केहि गुमाईदैन पनि l भन्न मन लागे भने पनि हुन्छ न भन्न मन लागे नभने पनि हुन्छ l यो वैयक्तिक विचार पनि हो l
यसरी कामदार र सहकर्मी बीच आन्द्राभुडी साटियो भने काममा बाधा हुने र गफ मात्रमा विशेष ध्यान जाने हुन्छ l अमेरिकामा घन्टाको पैसा भुक्तानी गर्ने हुनाले त्यो अनुसारको काम दिनु पर्छ नत्र जागिर धरापमा पर्छ l
स्मरण रहोस अमेरिकामा सहकर्मी तपाई हाम्रा साथी हैनन् l मित्रता प्रगाढ भएमा अनेक थरिका कुराहरु उब्जने र साटासाट गर्न मन लाग्ने हुन्छ l त्यसो गर्दा काममा रुकावट र भलाकुसारीले काममा शिथिलता निम्त्याउछ l अमेरिकामा मानिस ज्यादै मेहनती र परिश्रमी हुन्छन l ठगेर र छलकपट पाइदैन l
मानिस व्यस्त को व्यस्त नै हुनाले ज्यादा भित्रि कुराहरु ,घर परिवार तथा कमाई आदि ईत्यादी बारेमा चर्चा परिचर्चा नगर्ने चलन हुन्छ l आज २०१८ जनवरी १ तारिख आफू काम गरेको ११ बर्ष लागि सक्दा पनि न हाकिम ,न सहकर्मी न अन्य विभागका कर्मचारी या कसैले पनि के गर्थिस भनी सोधेको ईतिहास नै छैन l
आफू मात्र हैन ,काममा अन्य कर्मचारी छिरे पछि कामले एकैछिन फुर्सद नहुने हुनाले उत्पादकत्व (प्रोडकटिभिटी) मात्र हेर्ने हुनाले देश कमजोर हुने कुरै भएन l अमेरिकामा पेशाको चियो चर्चो गर्नु भन्दा आफ्नो पेशा र काममा रमाउनु नै उत्तम हुन्छ l अरुले के गर्छन भन्ने तर्फ नजानु नै उत्तम हुनेछ l
आश्चर्य , के गर्थिस भन्ने शब्द ननिकाल्ने देश अमेरिका लाई मान्नै पर्छ l सवैको जय होस् l
No comments:
Post a Comment