सञ्जय मित्र, रौतहट
रौतहटको गरुडा नगरपालिका वार्ड नम्बर ९ श्रीपुरका स्थायी बासिन्दा एवं जिल्ला प्राविधिक कार्यालय गौरका सब इन्जिनियर रामबाबु प्रसाद साहले आफ्नो निजी प्रयासमा गाउँका सम्पूर्ण ज्येष्ठ नागरिकलाई कम्बल ओढाएर सम्मान गरेका छन् । गाउँका ६० वर्ष पूरा गरेका सम्पूर्ण १२८ ज्येष्ठ नागरिकलाई कम्बल ओढाएर गाउँकै विद्यालयमा कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् । साहले रौतहट क्षेत्र नम्बर तीनको साँसद एवं विना विभागीय मन्त्री प्रभु साह, क्षेत्र नम्बर चारको साँसद देवप्रसाद तिमल्सिना, रौतहट क्षेत्र नम्बर चार खबाट विधान सभाको साँसद शेख अबदुल कलाम आजाद, कटहरिया नगरपालिकाको मेयर सियाराम कुशवाहा फिरोज, गढीमाई नगरपालिकाको मेयर श्याम यादव, गरुडा नगरपालिकाको उपमेयर रंगीलादेवी जयसवालबाट रकम संकलन गरी र नपुग आफ्नो खल्तीबाट पचीस हजार रुपैया थपेर १२८ जना ज्येष्ठ नागरिकको सम्मान गरेका छन् । ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने भन्ने आफ्नो भित्री हृदयबाट लागेकोले सम्मान गरेको साहले बताएका छन् ।
Saturday, January 6, 2018
सब इन्जिनियर साहले निजी प्रयासमा बाँडे कम्बल
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment