सञ्जय मित्र, रौतहट
नेपाल सरकारको विना विभागीय मन्त्री एवं रौतहट क्षेत्र नम्बर तीनका नवनिर्वाचित साँसद प्रभु साह सूचना प्रविधिसित जोडिनु युगको आवश्यकता रहेको बताएका छन् । रौतहट क्षेत्र नम्बर तीनको पारिवारिक विवरण फारम भर्ने विषयमा आयोजित आइटी तालिमको मौलापुरमा उदघाटन गर्दै मन्त्री साहले क्षेत्र नम्बर तीनका सम्पुर्ण घरपरिवारलाई सूचना प्रविधिसित जोड्न र १६ वर्ष नाघेका सबै नागरिकको विवरण तयार पार्न तालिम आवश्यक रहेको बताएका छन् । सबैको पारिवारिक विवरण तथा आर्थिक अवस्थाको साथै पेसा, व्यवसाय, शैक्षिक योग्यता र सम्पर्क नम्बर एकै ठाउँमा उपलब्ध हुने तालिम स्रोतबाट जानकारी प्राप्त भएको छ । कार्यक्रममा रौतहट क्षेत्र नम्बर तीन खका विधान सभा सदस्य कुन्दन कुशवाहा, अखिल नेपाल चलचित्रकर्मी संघको प्रदेश नम्बर २ अध्यक्ष विजय यादव निर्बीज, आइटी इन्जिनियर अरविन्द साह लगायतले मन्तव्य व्यक्त गर्दै सम्पूर्ण मतदाताको घरको विवरण एकै ठाउँमा राखेपछि समस्याको पहिचान, रोजगारीको सिर्जना तथा सेवा प्रवाहमा सरलता हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा क्षेत्र नम्बर तीनको प्रत्येक वार्डबाट चारजनाको दरले करिब एक सय पचास जना युवाको सहभागिता रहेको निर्बीजले जनाएका छन् ।
Saturday, January 6, 2018
आइटीसित जोडिनु युगको आवश्यकता :मन्त्री साह
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment