Saturday, January 6, 2018

व्हाइट हाउस अगाडि ईरानमा स्वतन्त्रता तथा प्रजातन्त्रको समर्थन गर्दै प्रदर्शनकारीको भेला

अमेरिकामा रहेका इरानी अमेरिकनहरुले इरान सरकारले ईरानमा बिरोध प्रदर्शनको दमन गर्दै हत्या समेत गरेको आक्रोशमा व्हाइट हाउस अगाडि ईरानमा स्वतन्त्रता तथा प्रजातन्त्रको समर्थन गर्दै प्रदर्शनकारीले भेलाको आयोजना गरेका छन् l

तापक्रम शून्य भन्दा निकै तलको अवस्था रहेता पनि व्हाइट हाउस अगाडी बिरोध प्रदर्शन गर्ने एक भर्जिनियाको फल्स चर्चमा कार्यरत फर्मसिस्टले ईरानमा स्वतन्त्रता तथा प्रजातन्त्रको लागि भेला भएको जनाएका छन् l

गत बिहिबार देखि नै ईरानमा अर्थव्यवस्था ,पारदर्शिता तथा भ्रष्टाचार सम्बन्धिको बिषयलाई लिएर व्यापक बिरोध प्रदर्शन भएको थियो l सरकारले प्रदर्शनकारी माथि दमन गर्दा मृत्यु भए पछि अझ बिरोध व्यापक भएको थियो l

ईरानमा सन् २००९ देखि कै अहिले सम्म को ठूलो बिरोध जुलुस रहेको थियो l आज वाशिंगटन डिसीमा सम्पन्न जुलुस प्रदर्शनमा सहभागीले सयुक्त राज्य अमेरिकाको नैतिक समर्थनको अपेक्षा गरेको कुरा डब्लुटिओपि मा समाचार छ l

ईरानले सामाजिक संजाल लाई प्रतिबन्ध लगाएको छ l प्रदर्शनकारीहरुले अमेरिकाका प्रविधि कम्पनिहरुलाई निरंकुश राष्ट्र ईरान सरकार बिरुद्ध प्रदर्शनकारी लाई सहयोग गर्न आब्हान गरेका छन् l

ईरान ले सामाजिक संजाल तथा अंतर्जाल बन्द गरि दिए पनि अमेरिकन सरकारले चाहेमा निशुल्क प्रदान गर्न सक्ने छ l

तस्बिर : डब्लुटिओपि 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...