Sunday, January 28, 2018

वाम गठबन्धनको सहमतिः प्रदेशमा बढीमा ११ मन्त्री

१४ माघ, काठमाडौं । वाम गठबन्धनले प्रदेश सरकारमा बढीमा ११ मन्त्री मात्र बनाउने सहमति गरेको छ । साथै एमाले र माओवादी केन्द्रबीच आफ्नो सरकार बन्ने प्रदेशको मन्त्रिपरिषदमा ७०/३० को भागवण्डा हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख दलहरको भागवण्डा टुंगो लगाएको छ ।

 

एमालेले चार मुख्यमन्त्री र चार सभामुख लिएको छ भने माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ । उपसभामुख भने माओवादीले चार वटा लिनेछ र एमालेको भागमा दुई परेको छ ।

प्रदेशमा कम्तीमा ७ र बढीमा ११ मन्त्री बनाउने सहमति भएको एमाले नेता सुरेन्द्र पाण्डेले बताए । यसो हुँदा सबैभन्दा सानो प्रदेश मन्त्रिपरिषद् प्रदेश ६ मा हुनेछ । सबैभन्दा धेरै ११ मन्त्री प्रदेश १ र ३ मा हुनेछ ।

कार्यदलका संयोजक एवं एमाले नेता सुवास नेम्वाङका अनुसार प्रदेश सरकारका मन्त्रीहरु समग्रमा ७० प्रतिशत एमाले र ३० प्रतिशत माओवादीबाट हुनेछ ।

मुख्यमन्त्री र संसदीय दलको नेताको सहमतिमा मन्त्रीहरु चयन गर्ने सहमति कार्यदलमा जुटेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...