Sunday, January 28, 2018

पुस्कर पन्त को नया नेपाली आधुनिक गीत “जौ न पोखरा ” को भिडियो सार्वजनिक

जनवरी १८, अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका कलाकार पुस्कर पन्तको नया नेपाली आधुनिक गीत “जौ न पोखरा ” को संगीत भिडियो सार्वजनिक भएको छ l

उक्त गीतको भिडियो काठमाडौँमा छायाँकन गरिएको हो भने कलाकार पुस्कर पन्त स्वयम् नेपाल केही समयको लागि नेपाल पुगेका छन् l उक्त गीत जनवरी २८ तारिखमा यूट्युब मार्फत आएको छ भने उक्त गीत पुस्कर पन्तको शब्द रहेको छ l मेलिना राई तथा प्रहलाद तिमिल्सिना स्वरमा बसन्त सापकोटाले संगीत दिएका छन् l

एक्सन मिडियाले तयार परेको उक्त भिडियो को निर्देशन शेर बहादुर डिसीले गरेका छन् l उक्त संगीत श्रव्य दृश्य (भिडियो ) का सिनेमेटो ग्राफर (चलचित्र कार ) अजय रेग्मीको रहेको छ l

कलाकार पुस्कर पन्त स्वयम् तथा नमुना शिल्पा पोख्रेलले अभिनय गरेकी छिन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...