Monday, January 1, 2018

क्यालिफोर्नियामा कानूनी रुपमा गाँजा पाउने

क्यालिफोर्नियामा जनवरी १ ,२०१८ देखि नै कानूनी रुपमा गाँजा किन्न पाउने भएका छन् l पसल खोल्न नपाउदै सयौको संख्यामा लामबद्ध भएर गाँजा किन्न क्यलिफोर्नियाबासीले उत्साह देखाए l

क्यालिफोर्नियामा २ दशक अगाडी देखि नै ओखतिको लागि किन्न पाइने थियो भने आज कानूनी रुपमा नै पूर्ण कानूनी मान्यता प्राप्त गरेको छ l र वरिष्ठ नागरिक तथा बृद्ध बिरामीहरुलाई औषधि पसल मार्फत उपलब्ध हुदै आएको थियो l

क्यालिफोर्नियाका ब्युरो अफ क्यानाबिस कन्ट्रोल का प्रवक्ता का अनुसार करिव १ सय पसलहरु खोल्ने अनुमति दिइएको बताएका छन् l

क्यालिफोर्नियामा ओखतिको लागि प्रयोग गर्ने सवालमा मतदान हुँदा ५७ का बिरुद्ध ४३ मत परेको थियो l कानून अनुसार सार्बजनिक स्थानमा गाँजा तान्न पाइदैन l

सत्तरी/अस्सीको दशकमा झ्याप्ले (हिप्पी )हरु गाँजा तान्न को लागि मात्र नेपाल जाने गर्थे l बलिवुडका भारतीय चलचित्र हरेराम हरेकृष्ण मा पनि गाँजा तानेको चित्रण गरेको छ l कानूनी रुपमा गाँजा तान्न पाउने भएकोले पसल वाला छक्क परेका छन् l

पसलको साहूले सात बर्षमा पहिलो पटक यस्तो व्यस्त दिन देखेको बताएका छन् l क्यालिफोर्नियाको सान जोस स्थित उक्त पसलमा चिकित्सा प्रयोग को लागि गाँजा पसल मनोरंजनको लागि बेच्ने र खोल्ने प्रथम अनुमति प्राप्त गर्ने भएका छन् l

क्यालिफोर्निया अमेरिकाको छैठौ मनोरन्जनात्मक गाँजा बेच्न पाउने राज्य भएको छ l संघिय राज्यको नजरमा अहिले पनि गाँजा गैर कानूनी ठहर गर्दछन l

सन् २०१६ मा मात्र साढे छ अर्ब डलर को गाँजाको कारोबार भएको सिएनएन मा समाचार छ भने आगामी बर्षहरुमा यसको व्यवसाय झांगिएर ७ अर्ब डलर को कारोबार हुने अनुमान गरिएको तथ्यांकले देखाएको छ l

आज सोमबार को जानकारी २१ बर्ष सम्म माथि पुगेका तथा माथिका ले एक आउन्स तथा घरमा छ वटा सम्म बिरुवा उमार्न सक्ने छन् l म्यासा चुसेट्स ले आगामी जुलाई देखि गाँजा बेच्ने छ भने मेन ले स्वीकृत लिई सकेको छ भने तर कहिले देखि बेच्ने भन्ने मिति तय भएको छैन l

अन्य राज्यहरुले मनोरन्जनात्मक गाँजा बेच्ने अनुमति दिने राज्यहरुमा कोलोराडो , वाशिंगटन, ओरेगन ,अलास्का तथा नेभादा रहेका छन l यसले गर्दा गैर कानूनी रुपमा गाँजा ब्यबसाय संचालन गर्नेहरुअसन्तुष्ट भएको न्यू योर्क टाइम्सले पनि समाचार लेखेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...