
खोलेसिमल, चितवन, १२ माघ ।
पूर्वी चितवनको कालिका नगर कार्यपालिका कार्यालयको आयोजनामा आज शुक्रबार स्थानीय तह संचालन तथा व्यवस्थापन सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो प्रशिक्षण कार्यक्रममा स्थानीय तहमा नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारीहरुले गर्नुपर्ने काम, कर्तव्य र अधिकारको विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा मुलुकी ऐन, नेपालको संविधान, संघिय राज्य सरकारको, प्रदेश सरकारको र स्थानीय तहको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्र सिं तमाङ र पञ्जिकरण विभागका निर्देशक विशाल भारद्धाजले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, उप–प्रमुख कमला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, ११ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सबै वडाका वडा सदस्यहरु र नगरपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो ।

No comments:
Post a Comment