Wednesday, January 24, 2018

गढीमाई नपाबाट सम्मान पाउने प्रथम व्यक्ति भए साहित्यकार मित्र

रौतहट÷रौतहटको गढीमाई नगरपालिकाबाट सम्मानित हुने प्रथम व्यक्ति साहित्यकार तथा पत्रकार सञ्जय मित्र भएका छन् । गढीमाई नगरपालिकाको प्रथम नगरसभा उदघाटनको अवसरमा प्रमुख अतिथि साँसद देवप्रसाद तिमल्सिना र प्रदेशसभाका साँसद महम्मद अबुल कलाम आजादसहित नगर प्रमुख श्यामप्रसाद यादवले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरेका छन् । नगरभित्र र बाहिरका गरी करिब दुई दर्जनलाई मायाको चिनो प्रदान गरिएको प्रथम ऐतिहासिक नगरसभाको उदघाटन कार्यक्रममा सम्मानपत्रले सम्मानित हुने एकमात्र व्यक्तित्व साहित्यकार तथा पत्रकार मित्र परेका छन् ।

गढीमाई नगरपालिकाको समनपुरको पौराणिक, ऐतिहासिक तथा सांस्कृतिक पृष्ठभूमिका बारेमा निरन्तर कलम चलाउँदै आएका मित्रका आधा दर्जन कृति प्रकाशित छन् । साहित्यका विभिन्न विधामा दुई दशकभन्दा लामो समयदेखि निरन्तर कलम चलाइरहेका मित्रको योगदान बज्जिका र नेपाली भाषामा रहेको छ । इनेप्लीज डट कम अमेरिका, हिमाल खबरपत्रिका काठमान्डु, गोरखापत्र दैनिकको बज्जिका पृष्ठ, बज्जिकार्पण साहित्यिक त्रैमासिक, प्रतीक दैनिक वीरगंज, बज्जिका खबर डट कम, रेडियो मधेस मसला एफएम गरुडा, राजदेवी एफएम गौर, तू खबर डटकम, जनकपुर टुडे दैनिक लगायतका सञ्चार तथा साहित्यिक पत्रकारितासित सम्बन्धित मित्रले दर्जनौँ पुरस्कार तथा सम्मानहरु प्राप्त गरेका छन् । नगरपालिकाबाट सम्मानित हुने पहिलो र एकमात्र व्यक्तित्व हुन पाएकोमा आफूमाथि नगरपालिकाले थप जिम्मेवारी दिएको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...