Wednesday, January 24, 2018

ल्होछारको बारेमा आएको केहि विवादहरु

 

डिग तामाङ्ग ,वाशिंगटन डिसी ,माघ महिनामा मनाउने ल्होछारको बारेमा केहि बिबादहरु समाचारमा आएको छ । नेपालमा मनाउने ग्याल्बो ल्होछार र सोनाम ल्होछारको बिचमा । कहिले काँहि यस्तो हुँदो रहेछ । आखिर सोनाम ल्होछार मनाए पनि, ग्याल्बो ल्होछार माने पनि २०१८ को बर्षलाई कुकुर बर्षनै मान्ने हो । गत डिसेम्बर ३० तारिखको दिन गुरुङ्गहरुले पनि कुकुर बर्ष नै सम्झेर मनाउनु भो । राशिफल भनेर मान्ने जातिले कुकुर बर्षलाई आधार बनाएर, ३६५ दिनलाई गन्ने हो ।

नक्षत्रहरुपनि २८ वटाको आधारमा ज्योतिषशास्त्रीहरले राशिफल निकालेर व्यक्तिहरुको जिन्दगी भरिका शुभ दिनहरुको निक्र्योल निकाल्छन, भने मन्जुश्रीपात्रोलाई आधार मानेर तिथीमिति भाग्यफल निकाल्नेहरुले पनि यहि आधारमा निकालेको होला l बिज्ञानबाट अलग भएर कसैले पनि केहि काम गर्न सकिदैनन ।

यहि विषयलाई लिएर, नेपाल तामाङ्ग घेदुङ र राष्ट्र्यि तामाङ घेदुङ बिचमा चर्को सम्बादको लडाई भएको समाचार बाहिरा आयो । चुरो कुरा नबुझि यसरी सा( सानाकुरालाई विवादमा तान्नु भविष्यका सन्ततिहरुलाई राम्रो शिक्षा गएको भने पक्कै होइन । यस विषयलाई राज्य पक्षले पनि राम्रारी बुझने कोशिस गरेर, हरेक जातिको ल्होछार बिच्छे सार्वजानिक विदा नदिएर, ल्होछारलाई राज्यले मन्यतापनि दिने,र ल्होछार मान्ने जातिहरुको मुखियाहरुलाई बोलाएर एकैदिनमा बिदा दिए कसो होला ?

शेर्पाको ल्होछार, गुरुङहरुको ल्होछार,तामांगहरुको ल्होछार, हेल्मोहरुको ल्होछारलाई एकैदिन विदा दिए न्यायोचित हुन्थ्यो । कारण पोहरको बर्ष चरा बर्षथियो भने यसपालीको बर्ष कुकुर बर्ष हो ।

सोनाम ल्होछार चिनिया ल्होछारहरुको पात्रोको आधारमा, नेपालका राजनीतिका कृषकहरुले ल्याएका हुन किन भने धेरै राजनीतिज्ञहरु माओबादी भएकाले हुनु पर्दछ । नत्र भने, धार्मिक हिसाबले, नेपालका तामांगहरु तिबेत्तसंग नजतिकको साइनो थियो । किन भने, महायाना र बज्रयाना बुद्धिष्टहरु हुन नेपालका तामांग तथा शेर्पाहरु हुन । चिनसंग न भाषाको हिसाबले तामांगहर मिल्छन, न भेषभुषाको हिसाबले, ईतिहासका पानाहरुमा प्रष्टसंग उल्लेख गरिएको छ l

कुब्लाईखानको पालामा चिनबाट ल्होछार मंगोलियमा गए । ल्हो अथवा कुुकुर बर्ष यसपाली चिनमा फेब्रुरि १६ तारिखमा मनाउँदै छन, मंगोलीयनहरुले पनि फरवरी १६ तारिखका दिन मनाउँदैछन l जहाँ ग्याल्बो ल्होछरको मुख्य प्रर्वदक हो, (स्रोत गुगल) । नेपालका सोनाम ल्होछार मान्नेहरुले पनि फरवरी १६ तारिखमै मनाउदैछन ।

तिब्बतीहरुले फरवारी १८ तारिखमा धुमधामसंग मनाउने भएका छन । यो मिथलाई तन्काएर केहि फाइदा देखिदैन, आपसमा सहिष्णुता देखाएर मान्दै गए कुनै पनि सामाजिक चाडबाडमा विबाद आँउदैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...