Wednesday, January 24, 2018

बहु प्रतिक्षित लसएन्जलसको नेपाल आइडल मेगा कन्सर्ट अन्तिम तयारीमा

लसएन्जलस, ११ माघ । बहु प्रतिक्षित नेपाल आइडलको मेगा कन्सर्ट आयोजना हुने मितिको प्रतिक्षामा रहेका दक्षिण क्यालिफोर्नियाका नेपालीहरुका लागि आयोजकहरुका तर्फबाट सहज पहुँचको व्यवस्था गर्दै शशुल्क टिकटको फरक फरक मूल्य निर्धारण गरिएको छ । मूख्य आयोजक टेक लामा वाइवाले दिएको जानकारी अनुसार लसएन्जलसस्थित नर्वाल्क शहरको सनातन हिन्दु मन्दिरको प्रेक्षालयमा  आयोजना गरिने नेपाल आइडलको मेगा कन्सर्टमा सहभागी हुन आतुर नेपाली समुदायको लागि सिल्वर अमेरिकी डलर ३० (मात्र अनलाइन मार्फत टिकट बुकिङ्ग, गोल्ड अमेरिकी डलर ४० र डाइमण्डको लागि अमेरिकी डलर ५० अनलाइन र प्रत्यक्ष खरिद गर्ने ब्यबस्था मिलाइएको छ ।
यसैगरी स्थानिय व्यापारिक प्रतिष्ठानहरुको व्यापारिक प्रयोजनको लागि मूख्य प्रायोजकले अमेरिकी डलर एक हजार शुल्क तिरेर आफ्नो बस्तु तथा सेवाको प्रचार-प्रसार गर्ने अवसर सहित ४ वटा विशिष्ठ पास पाउने छन् भने, सह प्रायोजकले अमेरिकी डलर पांच सय शुल्क तिरेर आफ्नो बस्तु तथा सेवाको प्रचार-प्रसार गर्ने अवसर सहित २ वटा विशिष्ठ पास पाउने छन् । आयोजकले इच्छुक व्यापारिक प्रतिष्ठानहरुलाई आफ्नो बस्तु तथा सेवाको प्रचार-प्रसार गर्नको लागि यो अवसरलाई सदुपयोग गर्न आग्रह गर्दै भनेको छ, ‘समुदायसंग जोडिने अभियानका रुपमा आफ्नो ब्यापार विस्तार गर्ने यो एउटा अवसर हो।’ यसका अतिरिक्त पांच जना भन्दा धेरैको समूह वा परिवार सहित मेगा कन्सर्टमा सहभागी हुन चाहनेहरुलाई १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । आयोजकका अनुसार नेपाल आइडलको मेगा कन्सर्टबाट बचेको रकम नेपालको द्वन्द्ध पिडित वालवालिकाको शिक्षाका लागि सहयोग गरिने बताउदै स्थानीय समुदायको मनोरंजनको लागि आयोजना गरिएको मेगा कन्सर्टमा स्थानिय समुदायको सक्रिय सहभागिता र सफलताको लागि सहयोगको अपेक्षा गरिएको छ।
कार्यक्रमको पूर्ण विवरण:
मिति: ११ फेब्रुवरी, २०१८
समय: प्रवेश गर्ने साँझ ८:०० बजे
टिकटको लागि सम्पर्क व्यक्ति:
तारा गुरुङ, तारा हिमालयन कुजिन (५६२ ८६० ४६०८)
टेक वाइवा लामा (५६२ ४१३ ११४८)
वीरवल बुढाथोकी (७१४ ३२६ ६४५१)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...