शिशिर सिंखडा
पदमपुर, चितवन, १७ पौष ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ४ पदमपुर स्थित भिमकाली बचत तथा ऋण सहकारी संस्था लि. को तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाको साधारण सभाको अवसरमा असल ऋणी नर प्रसाद अधिकारी, असल बचतकर्ता रामकृष्ण चौधरी र बाल बचतकर्ता नर्मदा पोख्रेललाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष रामहरि बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बास्तोलाले संस्थाको प्रगति प्रतिवेदन तथा भावी नीति तथा योजनाहरु प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद धितालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा संस्थाका सचिव अमित बास्तोलाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका निमित्त प्रमुख ऋषिराम भुसाल, विशिष्ट अतिथि कालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, यति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जनार्दन दाहाल, पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नेत्र लामिछाने, शेयर सदस्य शेषकान्त अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाको दोश्रो अधिवेशनबाट पुनः अध्यक्ष पदमा रामहरि बास्तोला चयन भएका छन् । उपाध्यक्षमा लक्ष्मी प्रसाद धिताल, सचिव अमित बास्तोला, कोषाध्यक्ष अमृत श्रेष्ठ, सहसचिव अप्सरा सापकोटा तिमल्सीना र सदस्यहरु लेखनाथ पौडेल, भिष्मराज श्रेष्ठ, नारायणी रिजाल, विष्णुमाया सुवेदी, राम बहादुर भण्डारी, विष्णु प्रसाद तिमल्सीना, नल प्रसाद अधिकारी र लक्ष्मी रेग्मी आचार्य चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा बद्रि प्रसाद मिश्र र सदस्यहरुमा गीता देवी दाहाल अधिकारी र सावित्री लामिछाने चयन भएका छन् । त्यस्तै ऋण उपसमिति संयोजकमा इश्वरी प्रसाद दाहाल र सदस्यहरुमा अमृत श्रेष्ठ र डोलनाथ दाहाल चयन भएका छन् ।
No comments:
Post a Comment