Tuesday, January 30, 2018

पप सम्राट ओम बिक्रम बिष्टको कार्यक्रमको लागि प्रतिबिम्बका गायक पुन्यम(पुनम) प्रधान अमेरिकामा

विजय थापा ,प्रतिबिम्बका चर्चित गायक पुन्यम(पुनम) प्रधान हाल अमेरिका आई पुगेका छन् l पर्यटक तथा भ्रमणको शिलशिलामा मात्र अमेरिका आएका हैनन् l पशुपति को दर्शन र सिद्राको व्यापार जस्तै गरि उनी केही उद्धेश्यको साथ अमेरिका आएका हुन् l उनि दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्ट को लागि अमेरिकामा हुने सांगीतिक कार्यक्रमको लागि अमेरिका आएका हुन् l

उनि झन्डै ९० वटा देशको भ्रमण गरि सकेका छन् l र अमेरिका यस पटक उनलाई साईत जुरेको छ l उनलाई पुनम प्रधान भनेर चिनिएता पनि उनको नाम पुन्यम प्रधान हो l सन् १९९१ देखि गायन क्षेत्रमा लागेका पुनम प्रतिबिम्ब सङ्गीत मण्डल संग आबद्ध छन l उनि प्रतिबिम्बका मुख्य गायक हुन् l

उनलाई न्यू योर्क को नेपाल अमेरिका कलाकार समाज तथा रेबेल इभेन्ट्स द्वारा सयुक्त रुपमा गत डिसेम्बर ३० तारिखका दिन आयोजित ओम बिक्रम बिष्ट सहयोगार्थ कार्यक्रममा आफ्नो प्रस्तुति गर्ने मौका पाए l कार्यक्रम न्यू योर्क को शेर्पा केन्दुक मा सम्पन्न भएको थियो l

यसै गरि अन्तर राष्ट्रिय नेपाली कलाकार समाज (ईनास )ले आयोजना गरेको पप सम्राट ओम बिक्रम बिष्ट सांस्कृतिक सांझमा अपनी अन्य नेपाल का चर्चित कलाकार संग गायक प्रधानले श्रोता समक्ष पहिलो पटक आफ्नो प्रस्तुति देखाएका थिए l

उनि गत बर्ष डिसेम्बर १ तारिखका दिन अमेरिका आएका हुन् भने मार्च को मध्य सम्म अमेरिकामा कलाकार प्रधानको बसाई रहने भएको छ l उनका सर्बाधिक चलेका गीतहरुमा प्रतिबिम्ब १ ,प्रतिबिम्ब २ ,अविरल तथा अनुरोध गीति यात्रा रहेका छन् l उनको एकल गायन भएको पोटट्रेट पनि चर्चा मा रहेको छ l

भर्खर उनले एउटा हिन्दी गीत जले जले तथा तेरे संग गुजारी थी मैने ” युट्युब मार्फत सार्बजनिक गरेका छन् l उनका सबै गीतहरु युट्युब बाट हेर्न सकिने छ l
कहिँ बर्बाद नहोस जिन्दगी ,बिझाउने यादहरु ,कहाँ तिम्रो मायालाई र न आई देउ मेरो जीवनमा भन्ने बोलका गीतहरु श्रोताले मन पराएका छन् l

गायक प्रधान भन्छन , आगामी दिनहरुमा पनि नया गीत हरु सृजना भै सकेको छ र ६ वटा गीत अभिलेखन (रेकर्ड इङ्ग )भै सकेको ईनेप्लिज लाई बताए l र छिट्टै सार्बजनिक गर्ने तयारीमा समेत रहेको उनले जानकारी दिएका छन् l अमेरिकाको भ्रमण सकिए पछि आफ्ना श्रोताहरुका लागि नया गीत पस्कने योजना रहेको उनले बताएका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...