Wednesday, February 28, 2018

नेपास ट्राभल टुर्सका संचालक थापा ग्रेटर एसियन अमेरिकन च्याम्बर्स अफ कमर्समा संचालक समितिमा मनोनित

लामो समय देखि टेक्सस ड्यालसमा बस्दै आएका नेपास ट्राभल टुर्सका संचालक व्यवसायी सबिन्द्र थापा ग्रेटर एसियन अमेरिकन च्याम्बर्स अफ कमर्समा संचालक समितिमा मनोनित भएका छन् ।

सन् २०१४ मा स्थापित ग्रेटर एसियन अमेरिकन च्याम्बर्स अफ कमर्समा अन्य नेपालीहरुको सहभागिता रहेता पनि उनि संचालक समितिमा मनोनित हुने पहिलो नेपाली भएका छन् । उनलाई दुई जना अन्य समिति सदस्यले समर्थन गरे पछि उनि उक्त पदमा मनोनित भएका हुन् ।

गत फेब्रुअरी १३ तारिख संचालक समितिमा उनले पदस्थापना कार्यक्रममा सहभागिता जनाएका थिए । उनले नेपाली समुदाय कि मात्र प्रतिनिधित्व नगरी सवै एसियन समुदाय को तर्फ बाट प्रतिनिधित्व गर्ने अवसर पाएका छन ।

उनि यति नेपाली अमेरिकन च्याम्बर्स अफ कमर्स का सदस्य पनि हुन् । उनि भन्छन थल राज पन्त ,बटुक बिष्ट तथा बिएन पन्तले ठुलो सहयोग गरेको बताए ।

ग्रेटर एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सको सहयोगमा उक्त क्षेत्रमा संचालन हुने एसियन फेस्टिवल (उत्सव) लाई निरन्तरता दिई रहेको थापा बताउद्छ्न ।

वर्तमान सभापति क्रिस्टल रोको तथा अध्यक्ष गैलिलियो जुमाओस लाई पनि नेपालको बारेमा जानकारी दिने अवसर मिलेको छ । यसको साथै आफ्नो यात्रा को व्यवसाय लाई पनि सहयोग हुने र जसको माध्यम बाट नेपाल बारे अझ पर्यटन विकास हुने कुरामा विश्वस्त भएको बताए ।

उनि नेपाली टेक्सस समाजका समिति सदस्य पनि रहेका छन् भने उनि बिगतमा एनआरएन अमेरिकाको लागि संचालक समिति निर्देशकमा अपनी उम्मेदवारी दिएका थिए ।

आप्रवासन अन्तर्गत एच१ बि ,स्थाई आवासीय पत्र ( ग्रिन कार्ड )तथा अन्य सूचना प्रविधि(आइटि )सम्बन्धि रोजगारी तथा उनको मुख्य व्यवसाय ट्राभल एजेन्सी (यात्रा अभिकर्ता ) रहेको छ ।

थापा एक उधमी हुन् l थापा डलस एवेरेस्ट क्लब को सदस्य साथै पूर्व कोषाध्यक्ष समेत रहेका थिए ।

मंगलमको प्रचारमा हिडेका छवि र सिल्पालाई पत्रकारको एउटै प्रश्नले हैरान पार्यो -भिडियो हेर्नुस्

 

छविराज ओझाले निर्माण गरेको चलचित्र ‘मंगलम’ को समुह यति बेला प्रचार प्रसारका लागि देश दौडाहामा छ। यसै क्रममा बुधबार पोखरामा पत्रकार सम्मेलन गरि चलचित्र बारे जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको टिमको उपस्थिति रहेको थियो।

‘मंगलम’ आफ्नो २३ औं फिल्म भएको बताउदै यस फिल्म निर्माणमा आफुलाई निक्कै चुनौती समेत भएको निर्माता छवि ओझाले बताए।
उनले भने, ‘मैले निर्माण गरेका धेरै फिल्म एक्सनप्रधान छन् तर यो फिल्म पारिवारिक फिल्म भएकाले पनि यस फिल्मको सफलतामा मलाई चुनौती छ।’

नवल नेपाल निर्देशित फिल्मले पारिवारिक प्रेम कथालाई बोलेको छ। निर्देशक नेपालले पनि फिल्म पूर्ण मनोरन्जनात्मक बनेको र दर्शकको २ घण्टा समय रमाइलो गरी बित्ने बताए। नायिका तथा निर्मात्री शिल्पा पोख्रेलले फिल्मबाट निकै आशावादी रहेको बताइन्।

नायक पुष्प खड्काले पनि फिल्ममा आफूहरूले खुबै मिहिनेत गरेको भन्दै फिल्म सफल हुनेमा विश्वस्त रहेको बताए। फागुन २५ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा शिल्पा, पुष्पसँगै नायक पृथ्वीराज प्रसाईं, नीर शाह, मिथिला शर्माको पनि मुख्य भूमिका रहेको छ। नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्ममा अतिथि पात्रको रूपमा रहेकी छन्।

फिल्ममा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङको लगानी रहेको छ। ‘मंगलम’मा विष्णु घिमिरेको छायांकन, दीपक शर्माको संगीत, गोविन्द फुयाँलको कथा रहेको छ।

भिडियो हेर्नुस्

अमेरिकामा होलीको चहलपहल ,नेपालमा अहिले खेलिदै

अमेरिकामा होलीको चहलपहल ,नेपालमा अहिले खेलिदै

नेपालमा फाल्गुण १७ गते भै सकेकोले आज होली पर्व मनाइदै छ । नेपालीहरुको एक विशिष्ट यो चाड, लाई फागू ,होली आदि नाम बाट पनि चिनिन्छ । यसको असर अमेरिकामा पनी परेको छ ।

अमेरिकाका विभिन्न ठाउँहरुमा नेपालीहरु बस्ति भएको ठाउँमा होली बिशेष रुपले मनाइन्छ । यसको साथै विभिन्न शहर तथा राज्यहरुमा संघ/संस्थाको तर्फ बाट पनि मनाउने गरिन्छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई पनि होली लागेको छ । आफ्ना साथीभाई संघ खेल्ने चाजो मिलाएका छन् ।

होली नेपाली तथा भारतीयअर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।

यो चाड वसन्त ऋतुमा फाल्गुन महीनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज ब्यापक गरिन्छ, आजको दिन पहाडी क्षेत्रमा सार्वजनिक विदा दिईन्छ भने तराई क्षेत्रमा भोलीका दिन विदा दिईन्छ ।

आज मालपुवाको विशेष महत्व रहन्छ भने तराई तिर भने तरुवा, भरुवाको विशेष महत्व हुन्छ । पहिले पहिले होलीको दिनमा लोला अनि फोहोर पानीहरु मिसाएर पदयात्रीलाई हान्ने चलन थियो भने अहिले घट्दै गएको छ ।

तस्बिर : राजिब श्रेष्ठ

एफ्सी केन्ट गोर्खा भेट्रानले “सामुदायिक बाल उद्घार केन्द्र” लाई २ लाख सहयोग गर्‍यो ।

सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत ।

गत सन २०१८ फरवरी २४ तारिखको दिन काठमाण्डौमा एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले एक च्यारीटी फुटबल खेलको आयोजना गरी “सामुदायिक बाल उद्घार केन्द्र” (Child Recue Centre.) काठमाण्डौ लाई २ लाख सहयोग रकम हस्तान्तरण गरेको हो ।

नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो, यस्का अलावा समयम समयममा केहि च्यारीटी खेलहरु खेलेर नेपालमा केहि अनाथ, असहायहरुलाई सके जति सहयोग गर्ने पनि क्लबको योजना रहेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले जनाए ।

उक्त काठमाण्डौमा खेलिएको खेलमा “एमएस सेन्टर” र एफ्सी केन्ट गोर्खा भेट्रान बेलायत बिच खेलिएको खेलमा नेपालका कलाकारहरु धिरेन शाक्य लगायतको उपस्थिति रहेको खेल फुल टाईम सम्ममा बराबर भएपछि प्यानल्टि सुटमा समाप्त भएको थियो ।

उक्त खेल समाप्त पछि “सामुदायिक बाल उद्घार केन्द्र” (Child Recue Centre.) काठमाण्डौ लाई २ लाख सहयोग रकम हस्तान्तरण गरेको हो ।

टिमकोच लोक चेम्जोङले बताए अनुसार दोस्रो च्यारिटी खेल मार्चको ३ तारिख पोखरामा साहारा क्लबको आयोजनामा खेलहरु खेलेर साहारा युथक्लबलाई सहयोग रकम हस्तान्तरण गर्ने क्लबको प्रारम्भिक योजना रहेको जानकारी पनि दिए ।

प्रचण्डले लथालिङ्ग पारेको पार्टीलाई पुनर्गठन गर्न वैद्य र विप्लवसँग हातेमालो गर्छौँ : किराँती

ला लिगामा रियल मड्रिड पराजित

काबुलमा शान्ति र सुुरक्षासम्बन्धी सम्मेलन सुरु

काबुल, १६ फागुन : अफगानिस्तानको राजधानी काबुलमा बुधबार अफगानिस्तानको शान्ति र सुरक्षासम्बन्धी ‘काबुल सम्मेलन’ सुरु भएको समाचार छ ।

उक्त सम्मेलनको शीर्षक शान्ति र सुरक्षा सहयोगका लागि काबुल प्रक्रिया दिइएको छ । सो सम्मेलनमा विश्वका २० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ ।

काबुलबाट प्राप्त समाचारमा यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको जनाइएको छ । विभिन्न देशका नेताहरु यहाँ रहेकोले सुरक्षा व्यवस्था कडा बनाइएको समाचारमा उल्लेख छ ।

उक्त सम्मेलनमा विशेषगरी अशान्त र युद्धका कारण आक्रान्त रहेको अफगानिस्तानमा शान्ति स्थापना, यहाँको विकास र सुरक्षाका लागि आवश्यक सहयोगका बारेमा कुराकानी हुने बताइएको छ ।

उक्त सम्मेलनमा अफगानिस्तानलाई सहयोग गर्दै आएका दाताराष्ट्र र संगठनहरु पनि सहभागी रहेका छन् ।

अफगानिस्तानमा पछिल्लो समयमा भएको यो दोस्रो पटकको सम्मेलन हो । यहाँ सन् २०१७ को जनवरीमा पनि यस्तै सम्मेलन भएको थियो । जसले यहाँको विकास र सुरक्षाका लागि आवश्यक सहयोग जुटाएको बताइएको थियो ।

अफगानिस्तानका विदेशमन्त्री सलाहुद्दिन रब्बानीले उक्त सम्मेलनको उद्घाटनगर्र्दै अफगास्तिानमा शान्ति र सुरक्षाका लागि सघाउन विश्व समुदायलाई आग्रह गर्नुभयो ।

उहाँले अफगानिस्तानमा शान्ति र सुरक्षा स्थापना हुन सकेमा यसले यस क्षेत्रलाई मात्र नभएर विश्वलाई नै सघाउन पुग्ने धारणा पनि सो अवसरमा राख्नुभएको थियो ।

अफगानिस्तानमा गएको करिब दुई दशकदेखि अमेरिकी सहयोगको सरकार छ भने तालिबानले हिंसात्मक युद्ध गर्दै आएका छन् । जसका कारण यहाँको सामाजिक अवस्था, अर्थतन्त्र तथा नागरिकको साधारण जीवनशैलीमा पनि नराम्रो प्रभाव पार्दै आएको छ ।

तालिबानको आक्रमणका कारण यहाँका हजारौँ नागरिकको ज्यान गएको छ भने सुरक्षा कारबाहीमा उनीहरु पनि प्रायः दैनिकजसो नै मारिने गरेका छन् । (रासस/सिन्ह्वा)

गायक सुमनकुमार श्रेष्ठको नयाँ गीत “मुटु चोरी लाने” म्युजिक भिडियो सहित सार्वजनिक

काठमाडौँ : थोरै तर अर्थपूर्ण र सार्थक गीत गाउँदै आएका गायक सुमनकुमार श्रेष्ठको नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
बिहानी र बिहानी २ नामका दुई एकल अडियो गिती एलबम बजारमा ल्याईसकेका गायक सुमनकुमारको प्रकाशोन्मुख अर्को एलबम बिहानी ३ मा संगृहित मुटु चोरी लाने मायालाई बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। ख्यातिप्राप्त संगीतकार दीपक जंगमका कुशल चेला गायक सुमनकुमारले आप्mनो भिन्न शैली प्रस्तुत गर्दै गाएको यो गीतमा शव्द रचना डा. राजुबाबु श्रेष्ठको रहेको छ। संगीत भने राजु सिंहले भरेका छन्। विन्ध्यवासिनी म्युजिक कम्पनी प्रालि अडियो उत्पादक र वितरक रहेको एलबमको यो गीत एरेन्जमेन्ट फणिन्द्र राईको रहेको छ भने रेकर्डिङ र मिक्सिङ किशोर थापाले गरेका छन्।

गीतको म्युजिक भिडियोलाई निर्देशक निकेश खड्काले कथानक शैली दिएका छन्। यसको म्युजिक भिडियोमा मोडल आकाश श्रेष्ठ र नायिका स्वस्तीमा खड्काले अभिनय गरेका छन्। राजिव समिरको कोरियोग्राफी रहेको भिडियोका छायांकन धिरजजंग शाह र सम्पादन प्रकाश तुलाधरले गरेका छन्। भिडियो सार्वजनिक भएको केही दिनमै यसलाई विन्ध्यवासिनमी म्युजिकको युट्युब च्यानलमा करिब ७ हजारले हेरिसकेका छन्।

प्रकाशोन्मुख एलबम बिहानी ३ गायक सुमनकुमारको चौथो एलबम हुनेछ। सुमनकुमारले यसै एलबमका लागि रेकर्ड गराएको पहाडतिर लेकहरुमा लालिगुरा“स फुलाउ“ नेपाली तराईतिर फा“टहरुमा धानको बाला झुलाउ“ नेपाली बोलको गीत यसअघि नै म्युजिक भिडियोसहित सार्वजनिक भईसकेको छ। स्व. क्षेत्रप्रताप अधिकारीको गहकिला शव्द रचना तथा दीपक जंगमको संगीत रहेको गीतले समसामयिक नेपालका लागि गतिलो पाठ बोकेकै कारण यसको म्युजिक भिडियो नेपाली टेलिभिजन च्यानल र युट्युबमा चम्किन पुगेकोे थियो।

दुई दशक लामो सांगितीक यात्राका दौरान सुगम संगीतको क्षेत्रमा श्रेष्ठ साबित गायक सुमनकुमारले बिहानी ३ मा रोमान्टिक, राष्ट्रिय, सेन्टिमेन्टल, सेमी क्लासिकल र कलासिकल गीतको समिश्रणका रुपमा आउने जानकारीगराए। यो मन कोमल, ए आवाज, खाएको कसमजस्ता सुगम संगीतका गीतबाट चम्किएका गायक सुमनकुमार श्रेष्ठले २०५३ सालमा हाल ठूलो पर्दाका फिल्म निर्माण गर्दै आएका निर्माता शुशिल पोखरेलद्धारा निर्मीत मास्टरजीको सपना नामक टेलिसिरीयलको शिर्ष गीत गाएर सांगितीक करियर शुरु गरेका थिए। त्यसको छ वर्षपछि ०५९ सालमा आएर एकल एलबम आगमन बजारमा ल्याएका थिए। त्यही बेला सुमनले नया“ वानेश्वरस्थित हालको सांसद् भवन तथा तत्कालीन विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सुमन सांस्कृतिक सा“झ नामक भव्य एकल सांगितीक कार्यक्रममा आफ्ना प्रस्तुति दिएर सबैलाई चकित बनाईदिएका थिए। ९ वर्ष लामो अन्तराल पछि ०६८ सालमा आएर बिहानी नामक एलबम ल्याएपछि यी गायक सांगितीक बजारमा छाउन पुगेका थिए। डियर कल्याणको एकल गीत र सचिन सिंहको एकल संगीतमा तयार भएको बिहानीपछि भने सुमनकुमार गायन क्षेत्रमा स्थापित हुन पुगे। यो एलबमको यो मन कोमल सुपर डुपर हिट हुन पुग्यो भने अर्को गीत ए आवाज पनि खूबै चल्यो। एलबम कान्तिपुर, इमेज र विन्ध्यवासिनी म्युजिक अवार्डमा सो वर्षकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भयो । यसै क्रममा उनले खाएको कसम गीतबाट गायकका रुपमा इमेज अवार्ड पनि हासिल गरे।

भिडियो हेर्नुहोस :

भुपेन्द्र धर्ति मगर र सुरेन श्रेष्ठको लोक दोहोरी “जोगी बनेर ” भिडियो सहित

रोशन पोखरेल , काठमान्डौँ फागुन १६
प्रेम संगित म्युजिक प्रालीको प्रस्तुतिमा भुपेन्द्र धर्ति मगर र सुरेन श्रेष्ठको लोक दोहोरी ” जोगी बनेर “गितको भिडियो बजारमा आएको छ  । मायामा परेका प्रेमी प्रेमिकाहरुको भावनालाई शब्द चित्र मार्फत ब्यक्त गरिएको छ । आफनी प्रेमिकालाई भेटनको लागी जोगिको भेषमा आउने कुरा गायक दिपक थापा मगरले गरेका छन । मायालुलाई भेटन र मायाको आभाष दिलाउनको लागी आफु गाउँ समाजलाई छल्नको लागी जोगिको भेषमा आउने कुरा राखेका छन । भुपेन्द्र धर्ति मगरको शब्द दिपक थापा मगरको संगितमा रहेको गितलाई आम दर्शक तथा स्रोताले निकै मन पराउने अपेक्षा गायकले लिएको बताएका छन ।। अहिलेका निकै ब्यस्त मोडल करिष्मा ढकाल र सुरेन श्रेष्ठको अभिनय रहेको छ । गितको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन, किरण चेसिरको छायाँकन र रमित ओलीको सम्पादन रहेको छ ।
गितको भिडियो हेर्नुहोस

मन्जु पौडेललाई स्टेजमै अँगालो हाल्न मन लागेछ भनेपछी खतरा दोहोरी भिडन्त(भिडियो सहित)

पोखरा- केही समय अगाडी पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव आयोजना गरिएको थियो.

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा कृषि, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरीलगायतका गरी ३५० वटा कक्ष रहेका थिए.।

महोत्सबको पाचौ दिनमा लोक दोहोरी गायिका मन्जु पौडेलले आफ्नो प्रस्तुति राखेकी थिइन्.उनले अन्तमा लोक दोहोरी गाएक केशव देबकोटासंग रमाइलो दोहोरी प्रस्तुत गरेकी थिइन l दोहोरीकै शब्दबाट मन्जु पौडेललाई ग्याम्मै अँगालो हाल्न मन लागेछ भनेपछी भयो खतरा भिडन्त

पानी अभियानलाई सबैले सहयोग गरौ “नवराज पोख्रेल रोमानिया”

‘हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाइ होस्’।

            – मित्रलाल पार्दे

पानी अभियान ज्यादै राम्रो र ज्यादै सह्रानिय कुरा हो। सफल बनाउनु  हामी सबैको कर्तव्य पनि हो। केही समय अघिदेखि यसका बारेमा धेरै प्रचार प्रसार भएको छ। धेरैबाट सहयोग पनि मिलेको छ। नेपाल सरकार स्वयंले पनि कार्यान्वयन शुरुवात गरेको खबर बारम्बार सुनिएको छ।

पानी अभियानका लागि सदा अपिल गर्ने यसका अभियानकर्ता पोल्याण्डमा लामो समयदेखि बसोबास गर्दै आएका मित्रलाल पार्दे धन्यवादका पात्र छन्।

आज उनको जन्मदिन हो। यस अवसरमा उनलाई हार्दिक शुभकामना सहित सुस्वास्थ्यको कामना गर्दछु।

पानी अभियान सफल पार्न सम्पूर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गर्दै यो अभियान मित्रलाल पार्देको अभियान मात्र नभई हामी सबै नेपालीको राष्ट्रिय अभियान हो भन्ने ठानी आफूले सक्ने सहयोग गरौँ।

धन्यवाद।

तपाईंहरूकै-
नवराज पोखरेल

(प्रस्तुत सामग्री प्रसिद्द भाइबर ग्रुप चौतारीबाट साभार गरिएको हो )

पोखराको पर्यटन व्यवसायमा नया आयाम थप्दै होटल रानीबन आर्केड

काठमाडौँ : पर्यटकीय सुन्दर नगरी पोखराको पर्यटन व्यवसायमा होटल रानीबन आर्केडले नया आयाम थप्दै गएको छ l पर्यटकीय क्षेत्र लेकसाइडको राम्रो तथा औलामा गनिन सक्ने होटल मध्ये पर्ने होटल रानीबन आर्केड पोखराको सुबिधा सम्पन्न होटलको सुचिमा पर्दछ l आन्तरिक तथा बाह्य पर्यटकहरुले सधै खचाखच भरिने होटल रानीबन आर्केड स्थानियबासीहरुको पनि पहिलो रोजाइमा परेको छ l पारिवारिक बाताबरणमा सम्पुर्ण सुबिधायुक्त होटल रानीबन आर्केड पोखरा लेकसाइडको प्राइम लोकेसनमा अबस्थित छ l

होटलमा ६० वटा सुविधा सम्पन्न कोठा छन् जसमा २४ वटा सुपर, २० वटा डिलक्स, १४ वटा सुपर डिलक्स र २ वटा जुनियर सुइट कोठा रहेको होटलका संचालक हरी भुजेलले जानकारी दिए । प्राय सबै कोठाबाट पोखराको मुख्य आकर्षण मानिने फेवाताल, शान्तिस्तुप, रानीवन लगायत वरपरका हरियाली जंगलहरुको दृश्यावलोकन गर्न सकिन्छ । प्राय कोठाबाट पोखराबाट देखिने हिमालयहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ भने पुर्ण पर्यटकमैत्री होटल सञ्चालनमा भएको छ । पर्याप्त पार्किङको सुविधा रहेको होटलको चौथो तलामा रुफटप गार्डेन बार छ । रुफटप गार्डेन बारलाई ‘माया गार्डेन’बाट ब्राण्डिङ गरिएको छ । होटलमा २ सय जना क्षमताको सभाहल छ जुन सभाहललाई ‘जमुना हल’ नामाकरण गरिएको छ । होटलको माथिल्लो तलाबाट सम्पूर्ण पोखरालाई स्पष्टसँग ३ सय ६० डिग्रीको कोणबाट अवलोकन गर्न सकिन्छ, पर्यटकहरुको सुविधालाई मध्यनजर गरी लिफ्टको व्यवस्था गरिएको छ भने होटल अपाङ्ग र वृद्धावृद्धामैत्री रहेको छ ।

होटलका प्रत्येक कोठामा मिनीबार,एसीको सुविधा छ भने खाना तथा खाजाका लागि रुम सर्भिसको सेवा उपलब्ध छ । चौबिसै घन्टा पर्यटक तथा होटल ग्राहकको सेवामा मिठो मुस्कानको साथमा कर्मचारी खटिएका हुन्छन् तसर्थ पनि होटल रानीबन आर्केड थ्री स्टार होटल सरहको सुविधा सम्पन्न भएको होटल रहेको हरि भुजेलले जानकारी गराए । होटलको मुख्य आकर्षणका रुपमा प्रवेशद्वार नजिकै प्राकृतिक पहाडको झल्को दिने संरचना तयार पारिएको छ । ‘पहाडको संरचनाबाट नियमित रुपमा झरना जसरी झर्ने पानी यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो । पुर्ण पारिवारिक वातावरणमा होटल सञ्चालन गरिरहेका यस होटलमा पर्यटकको स्वागत सत्कार तथा सुविधामा कुनै कमी हुन नदिन होटलका कर्मचारी चौबिसै घण्टा उपलब्ध भईरहेका हुन्छन ।

आन्तरिक पर्यटकलाई लक्षित गरी चाडपर्वका अवसरमा विशेष छुटमा सेवा उपलब्ध गराइने कार्यकारी निर्देशक कुश भुजेलले जानकारी दिए । होटलमा आउने पर्यटकलाई पोखरा तथा आसपासको साइडसिन व्यवस्था पनि मिलाइएको छ । ‘बिमानस्थल र बसपार्क सम्म ल्याउने र लैजाने सुविधा पनि उपलब्ध भएको यस होटलमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सम्पुर्ण सुबिधा सम्पन्न अन्तराष्ट्रीय स्तरको अत्याधुनिक सुविधा सम्पन्न यस होटलमा गाडी पार्किङ् स्थल, सुविधा सम्पन्न रेस्टुरेन्ट र पूर्ण एयर कण्डीसन रुम सुविधा सम्पन्न बेड , टेलिभिजन, अट्याच वाथरुम, वाईफाई, तातो-चिसो पानी, मिनीबार लगायतका न्युनतम सेवा सुविधाहरु रहेका छन साथै भोजन र सभाहलको समेत ब्यवस्था रहेको होटल कार्यकारी निर्देशक कुश भुजेलले जानकारी दिए। युवा उद्यमी हरी भुजेलले पोखराको लेकसाइडमा होटल व्यवसायको राम्रो सम्भावना रहेकाले होटल व्यवसायमै लगानी गरेको बताए। पोखरामा होटल ब्यवसायमा लगानीलाई राम्रो गन्तब्य बनाउन आफुले होटल ब्यबसायमा लगानी गरेको उनले बताए।

लामो समय देखि पर्यटन ब्यबसायमा संलग्न बुबा भीमसेन (बुद्धराज) भुजेलले गर्दै आउनु भएको ब्यापार ब्यबसायलाइ निरन्तरता दिदै युवा ब्यबसायी हरी भुजेलले आफ्नो भाईहरु लब भुजेल र कुश भुजेलको सहकार्यमा आफ्नो अनुभबलाइ तथा पोखराको मनोरम दृश्यलाइ नजिक बाट नियाल्न आउने पर्यटकहरुको सुबिधालाइ ध्यानमा राखेर पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा होटल रानीबन आर्केडको सुरु गरिएको कुरा उनले बताए l

होटलमा आउने अतिथि तथा ग्राहकहरुलाई राम्रो आथित्य तथा होटलमा भएका सम्पुर्ण सुबिधा उपभोग गर्न र प्राकृतिक छटाले भरिएको पोखरामा भरपुर आनन्द लीन एक राम्रो गन्तब्य हुने कुरा उक्त होटलका प्रबन्ध निर्देशक कुश भुजेल बताउछन l

रानीबन आर्केड होटलसँगै फाइन डाइनिङ रेष्टुरेन्ट पनि सञ्चालनमा आइरहेको छ । कुइन फरेष्ट रेस्टो एण्ड बारबाट होटलमा बस्ने पर्यटक र अन्य पर्यटक तथा पदयात्रीका लागि खाना तथा नास्ताको सुविधा उपलब्ध छ । रेष्टुरेन्टमा कन्टिनेन्टल, इन्डियन, इटालियन लगायत सि फुडको व्यवस्था छ । ‘पर्यटकको चाहना अनुसारको खाना तथा खाजा खुवाउने ब्यबस्था गरिएको छ । रेष्टुरेन्टमा एकै पटकमा एक सय भन्दा बढी पर्यटकलाई सुविधा उपलब्ध गराउन सकिने क्षमत समेत रहेको छ ।

होटल र रेष्टुरेन्टसँगै ट्राभल एण्ड ट्रेकिंग कम्पनी, मनि चेन्जर पनि सञ्चालन गरिहेका छन् । ट्राभलबाट पर्यटकलाई पोखरा साइडसिन, स्वदेशी र विदेशी हवाइ तथा बस टिकटको सुविधा उपलब्ध छ । ट्रेकिङ कम्पनीमार्फत नेपालका विभिन्न ट्रेकिङ रुटहरुमा पदयात्रा गराइन्छ । उनि भन्छन हामी कहाँ आउने पर्यटकले सम्पूर्ण सेवा तथा सुविधा एकै ठाउँ बाट पाउँछन् । बुबा भीमसेन (बुद्धराज) भुजेलले करिब ४० वर्ष अगाडि सञ्चालन गरेको रेष्टुरेन्टलाई अहिले परिमार्जन सहित भुजेल दाजुभाइले सञ्चालनमा ल्याएका हुन् । सानै उमेरदेखि पर्यटन व्यवसाय सँग घुलमिल भएका कुश भुजेल बिदेशमा उच्च शिक्षा हासिल गरि स्वदेशमा नै केहि गर्नु पर्छ भन्ने सोच लिएर पुर्ण रुपमा पर्यटन व्यवसायमा संलग्न छन् ।

युवा ब्यबसायी हरी भुजेलले पोखरामा पर्यटन व्यवसायमा अथाह सम्भावना रहेको बताउँछन् । उनी भन्छन ‘पर्यटकलाई नयाँपनको अनुभूति हुने गरी सेवा उपलब्ध गराउन म सधैं तल्लिन छु । व्यवसाय सञ्चालनमा भाइहरु लब भुजेल र कुश भुजेलको पनि उनलाई साथ छ । आगामी दिनमा समय सापेक्ष रुपमा लगानी बढाउँदै अगाडि बढ्ने भुजेलको सोच छ । पोखरा तथा नेपालका अन्य पर्यटकीय गन्तव्यहरुमा होटल विस्तार गर्ने पनि उनको योजना रहेको जानकारी गराए।

 

पर्यटन ब्यापार ब्यबसायको साथमा विभिन्न संघ सस्थामा आबद्द भएर समाजसेवामा समेत अग्रणी भुमिका निर्बाह गर्दै भुजेल परिवार निकट भविष्यमा रानीबन फाउण्डेसन स्थापना गरि समाजसेवामा अगाडी बढ्ने कुरा कुश भुजेल बताउछन l आफ्नो ब्यापार ब्यबसाय बाट भएको फाइदाको केहि प्रतिशत रानीबन फाउन्डेसन मार्फत दुखि पिडित समक्ष पुर्याउने लक्ष रहेको समेत उनले जानकारी गराए l

सधै नेपालीको दुखमा साथ दिएका रबिले किन आज तिन करोड नेपालीको साथ मागे !! भिडियो सहित !!

युके : भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

सधै नेपालीको दुखमा साथ दिएका रबिले आज तिन करोड नेपालीको साथ मागेका छन्. बुद्ध भारतमा जन्मिएका हुन् भन्दै प्रचार गरेर हाम्रो इतिहासलाई मेटाउन लागि परेका हुनाले यहि फाल्गुन १९ गते टुडिखेमा ७५ हजार मानिस जम्मा भएर गिनिज बुकमा रेकड राख्ने र बिश्वलाई सन्देश दिने कार्यकममा सहयोग गर्ने सम्पुण नेपालीलाई आग्रह गरेका छन्. हेर्नुहोस रबि लामिछानेको अनुरोध आफ्नो फेसबुक बाटै संसार भरि छरिएका नेपाली हरुको लागि यस्तो भिडियो मेसेज छोडेका छन् तपाई को साथ सहयोग को अहिले पक्कै पनि देश चिनाउनको लागि खाचो छ |

हेरौ उक्त भिडियो र सक्दो शेयर गर्न अनुरोध :

गहुँ लगाउने क्षेत्रफल घट्दै

चितवन, १६ फागुन : जिल्लामा गहुँखेती गरिँदै आएको क्षेत्रफल वर्सेनि घट्दै गएको छ ।

विगत पाँच वर्षमा गहुँखेती लगाइएको क्षेत्रफलमा ३० प्रतिशतले कमी आएको छ ।

जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यसवर्ष पाँच हजार ५२० हेक्टरमा गहँु लगाइएको छ । आव २०७०÷७१ मा सात हजार ८८५ हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको थियो । गत वर्षको तुलनामा यसवर्ष दुई हजार ३६५ हेक्टर क्षेत्रफल घटेको देखिन्छ ।

कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार गत आवमा ६ हजार २० हेक्टर क्षेत्रफलमा २१ हजार ७० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । क्षेत्रफल घटेसँगै उत्पादन पनि घट्दै गएको छ । आव २०७०÷७१ मा २३ हजार ६५५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

कार्यालय प्रमुख सुधीर श्रेष्ठका अनुसार हिउँदे वर्षा कम हुनु, बजार भाउ नपाउनु, बीउ महँगो हुनु, तोरी, मुसुरो तथा हिउँदे तरकारी लगाउने प्रचलन बढ्नु, जग्गा खण्डीकरण हुनु जस्ता कारणले गहुँ लगाउने क्षेत्रफलमा कमी आएको हो । पानीको सुनिश्चितता हुन नसक्दा कृषकले ढुक्कसँग गहुँ लगाउन पाएका छैनन् । जिल्लामा धान र मकै पछिको तेस्रो बालीका रुपमा गहुँ रहेको छ ।

शिवनगर, पार्वतिपुर, पटिहानी, माडि, कुमरोज, कठार, भण्डारा लगायतका क्षेत्र गहुँका लागि पकेट क्षेत्र मानिन्छन । पार्वतिपुरका कृषक चिरञ्जीवी पोख्रेल उत्पादनलागत बढ्नु र उत्पादन घट्नुका कारण कृषकले गहुँ खेती छोड्दै गएको बताउनुहुन्छ ।

बीउ, मल, ट्याक्टर खर्च र खेतला खर्च वर्सेनि बढ्दै जाँदा पनि गहुँको मूल्य बढ्न नसक्दा कृषकमा गहुँखेती गर्ने ऊर्जा घटेर गएको छ । यस्तै अवस्था रहेमा वर्सेनि गहुँखेती गर्ने किसानको संख्या घट्दै जाने देखिन्छ ।

अब के गर्दैछन् मन्त्री पण्डित ?

भक्तपुर, फागुन १५ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताएका छन् ।रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लास्टिक कम्पनीलाई उत्पादनमा प्रतिबन्ध लगाइने बताए ।

उनकाअनुसार आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी–साधनलाई प्रतिबन्ध लगाइनेछ ।

‘हरियो स्टिकर भएर पनि प्रदूषणयुक्त कालो धुवाँ फाल्ने सवारी–साधनलाई परीक्षण गरी कारबाही गरिनेछ र त्यस्ता सवारी–साधनका कर्मचारीको नामसमेत उल्लेख गरी सवारीधनी र कर्मचारीलाईसमेत कारबाही गरिनेछ’–उनले भने ।

वातावरणको ख्याल नगरी कानुन मिच्दै सन्चालनमा आएका इँटाभट्टालाई वातावरणमैत्री बनाइने र गलत ढंगले सन्चालनमा आएका भट्टालाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ थियो ।

नेपाल सरकारले तोकेको मापदन्डभन्दा बाहिर गएर आयात गरिएका सामानमासमेत प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउँदै उनले ‘आयात हुने सामानको प्रयोगशाला परीक्षण गरी तोकिएको मापदन्डअनुरुपमात्र नेपाल भित्रिने व्यवस्था गरिनेछ’–भने ।

एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सन्चालन गरी वातावरण बिगार्नेलाई कारबाहीको दायरामा ल्याइने पनि मन्त्री पण्डितले बताए । रासस

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत, फागुन १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

उनले कर्णाली प्रदेशका जम्मा ४० सांसदमध्ये ३२ जना सांसदको विश्वासको मत पाएका हुन् ।

मंगलबार दिउँसो १ बजे बसेको प्रदेशसभा प्रथम अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास, सुशासन, समृद्धिका लागि सबै दलका सांसदसँग विश्वासको मत मागेका थिए ।

मुख्यमन्त्री शाहीले राप्रपा र नेपाली कांग्रेसबाहेक सत्ता साझेदार दलका ३२ जना सांसदबाट विश्वासको मत पाएका हुन् ।

फागुन ३ गते नेकपा एमालेको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा विजयी भएका थिए ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाउन २१ मत ल्याए पुग्ने थियो । यो प्रदेश संसदमा एमालेका २० र माओवादी केन्द्रका १३ गरी ३३ सांसद रहेका छन् ।

संविधानको धारा १६८ को उपधारा ४ मा प्रदेश मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्रीमा कायम रहनका लागि सांसदबाट एक महिनाभित्र स्पस्ट बहुमतसहितको विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

कांग्रेस संसदीय दलको निर्वाचन फागुन २१ मा

काठमाडौं, फागुन १५ । नेपाली कांग्रेस संसदीय दल निर्वाचन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते निर्वाचन गर्ने तयारी गरेको छ ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको समितिको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसदको बैठक बस्नुभन्दा अगाडि संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको कांग्रेसका नेता तथा समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

समितिले संसदीय दलको नेता चयनका लागि औपचारिकरुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने तयारी गरेको छ ।

समितिको संयोजकमा श्रेष्ठ तथा सदस्यमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्वे छन् ।

मंगलबारको बैठकले समितिका सदस्यसचिवमा केशव रिजाललाई राख्ने तय गरेको छ ।

दलको नेताका लागि सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री प्रकाशमान सिंहको नाम बाहिर आएको छ ।

वाम गठबन्धनले संघीय फोरमसँग लिखित समझदारी गर्ने, फोरम सरकारमा जाने

काठमाडौं, फागुन १६ । वाम गठबन्धन संविधान संशोधन गर्न तयार भएपछि संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने भएको छ ।

काठमाडौं, फागुन १६ । वाम गठबन्धन संविधान संशोधन गर्न तयार भएपछि संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने भएको छ ।

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न वाम गठबन्धन तयार भएपछि फोरम सरकारमा जान सहमत भएको हो ।

दुई तिहाई बहुमतसहितको सरकार बनाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनापछि एमाले संविधान संशोधनमा तयार भएको हो ।

यस विषयमा दुई दलका शीर्ष नेताहरुबीच हिजो विभिन्न चरणमा छलफल भएका छन् । छलफलमा भएका सहमतिका बुँदालाई लिपिबद्ध गरी दुवै दलका शीर्ष नेताहरुले हस्ताक्षर गर्ने तयारी भएको छ ।

सम्भवतः आजै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरमबीच सहमतिपत्रमा हस्ताक्षर हुनसक्ने नेताहरुले बताएका छन् । लिखित सहमतिमा हस्ताक्षर भए फोरम सरकारमा जाने छ ।

अहिलेसम्म भएका छलफल सकारात्मक भएको र यसले मूर्त रुप लिने सम्भावना नै बढी भएको नेताहरुले दाबी गरेका छन् ।

दुई दलका नेताहरुले संविधान संशोधनका विषयमा आ–आफ्नो पक्षबाट मस्यौदा बनाइरहेको बताइएको छ । कुन बुँदामा संसोधन गर्ने भनेर दुवै पक्षले खुलाएका छैनन् ।

बुद्धवचनको महत्व विश्व कीर्तिमानबाट कायम हुने

काठमाडौँ, १६ फागुन : अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित भइसकेको बौद्ध दर्शनमा आधारित बुद्धवचनलाई ७५ हजार नेपालीले एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन पहल शुरु भएको छ ।

मुलुकको गौरवका रुपमा रहेको बौद्ध दर्शन अन्तर्राष्ट्रिय तहमा थप फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देशसहित यही फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गरिन लागेको हो ।

विश्व कीर्तिमान परिषद् नेपालले विभिन्न संघसंस्था र प्रतिनिधिसँगको सहकार्य र समन्वयमा पहिलो पटक हुने यस प्रकारको अभियानमा धम्मपदका श्लोकलाई बुद्धवचनका रुपमा पाठ गरिने परिषद्का उपाध्यक्ष अक्कलबहादुर तामाङले जानकारी दिनुभयो ।

बौद्ध साहित्यका ग्रन्थहरुमध्ये अभिधम्मअन्तर्गत धम्मपद एक महत्वपूर्ण कृति हो । बौद्ध ग्रन्थ त्रिपिटकमा सुत्र, विनय र अभिधम्म पर्दछन् । धम्मपदमा जीवन जिउने कला, सुख, शान्तिका लागि सफलताको शिक्षालाई व्यवस्थित गरिएको छ, यसमा २६ वर्ग तथा ४२३ गाथा (श्लोक) छन् ।

अखिल नेपाल भिक्षु महासंघले समग्र धम्मपदलाई समेट्ने गरी प्रत्येक वर्गको प्रतिनिधित्व हुने गरी २६ श्लोक नेपाली, अंग्रेजी र पाली भाषामा उपलब्ध गराएको छ । महासंघका महासचिव भिक्षु कौडण्यका अनुसार खुद्दक निकायमा खुद्दक पाठ पहिलो ग्रन्थ हो भने धम्मपद दोस्रो ग्रन्थका रुपमा लिइन्छ ।

संस्कृत, पाली, अंग्रेजी, हिन्दी, मराठी, जापानी, थाई, सिंहाली, भियतनामीलगायत विश्वका धेरै भाषामा यो धम्मपद अनुवाद भएको छ ।

इशापूर्व छैटौँ शताब्दीमा लुम्बिनीमा जन्मेका बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेपछि विकास भएको बौद्ध शिक्षा तथा उपदेशले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएको थियो । तत्कालीन समयमा कपिलवस्तु गणराज्यका राजा शुद्धोदनका सुपुत्रका रुपमा जन्म लिएका सिद्धार्थले गहनतम् खोजपश्चात् ज्ञान हासिल गरेपछि प्रतिपादन गरेको दर्शनले अहिले अन्तर्राष्ट्रिय तहमा धेरैलाई आकर्षित गरेको र सकारात्मक प्रभाव फैलाउँदैछ ।

महासंघका महासचिव भिक्षु कौडण्यले बुद्धको विचारले अन्तर्राष्ट्रिय तहमा धेरै मानिसलाई आकर्षित गरिरहेको अवस्थामा बुद्ध नेपालमा जन्मेको होइन भनी सुनियोजित तरिकाबाट भ्रम फैलाउनेलाई उक्त कार्यक्रमबाट सद्बुद्धि प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक संस्थाले कार्यक्रममा सहभागी हुन निःशुल्क पासको वितरण गरिरहेको छ भने १४ वर्ष माथिका विद्यार्थीलाई मात्र सहभागी गराउने जनाएको छ ।

राष्ट्रिय किर्तिमानी धावक वैकुण्ठ मानन्धरले बुद्ध र बौद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भन्नेमा विवाद गर्नुको अर्थ नरहेको बताउँदै भारतमा कृत्रिम कपिलेश्वर तथा लुम्बिनी बनाएर बुद्ध भारतमा जन्मेको गलत प्रचार गरिएका कारण विदेशमा फैलाइएको भ्रमको अन्त्य गर्न प्रत्येक वर्ष जनस्तरबाट बुद्धलाई स्मरण गर्नुपर्ने सुझाव दिनुभयो ।

बुद्धको जीवन अन्त्य भएपछि करिब ८४ हजार उपदेशलाई संग्रह गरिएको बौद्ध साहित्यमा पाइन्छ । प्रेमभावले वैरभावलाई शान्त पार्छ, प्रमाद (बेहोसीपना) मृत्युको बाटो हो, चित्त दमन गर्नाले सुख पाइने, प्राणी हिंसा नगर्नका लागि सन्देश, प्रियवस्तुबाट मुक्त हुने वचन, असत्यवादीलाई सत्यले जित्नेलगायत सन्देश धम्मपदमा पाइन्छ ।

शिशु जन्माएर फाल्ने महिलालाई मुद्दा

भोजपुर, १६ फागुन: गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।

भोजपुरको उत्तरी षडानन्द नगरपालिका–६ केउरेनीपानीमा बेवारिसे अवस्थामा फ्यालिएकोे शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेपछि मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बत्तीस वर्षीय मग्रातीले अनुसन्धानमा आफूले जन्माएर फ्याँकेको स्वीकार गरेपछि प्रहरीले मुद्दा चलाएको प्रहरी निरीक्षक ख्याम नेपालले जानकारी दिनुभयो । फ्यालिएको शिशु भने उनका आफन्तले पालनपोषण गरिरहेका छन् । उनको थप अनुसन्धान भइरहेको छ । उनका अनुसार मग्रातीका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् ।

दश वर्षमा पनि पूरा भएन रंगशाला निर्माण

पाँचथर, १६ फागुन : पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन ।

विसं २०६४ बाट निर्माण शुरु भएको जिल्लाको एक मात्र ‘इलेभेन’ साइजको खेलमैदान बजेट अभाव लगायतका विविध कारणले निर्माण कार्यले अझैसम्म पूर्णता नपाएको हो । सेभेन साइजमा रहेको खेलमैदान स्थानीयवासीको परिकल्पनामा रंगशाला निर्माण थालिएको थियो ।

निर्माणका लागि अहिलेसम्म तत्कालीन जिल्ला विकास समिति, गाविसका साथै सोही ठाउँबाट खाडी मुलुकमा विदेशिएका युवा, जिल्ला खेलकुद विकास समिति, उच्च माध्यमिक शिक्षा परिषद्, सांसद विकास क्षेत्र कोष, वडापालिका लगायतबाट रु ४२ लाखभन्दा बढी खर्च भइसकेको छ ।

स्थानीय स्तरमा खेदकुदको विकास गर्ने उद्देश्यका साथ निर्माण प्रारम्भ भएको रंगशालाको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको स्थानीय चोरुलुङ क्लबका अध्यक्ष वीरबहादुर थाम्सुहाङले बताउनुभयो ।

थाम्सुहाङका अनुसार अहिलेसम्म रंगशालाको लम्बाइ, चौडाइ र स्टेप कटिङका साथै मञ्च निर्माण कार्य पूरा भएको छ । अब लेबल मिलाउने, हरियो दुबो उमार्ने र भौतिक संरचनाको काम बाँकी रहेको छ ।

रंगशाला निर्माण चाँडै पूरा गर्न विभिन्न निकायमा सहयोगी हात खोजी गर्ने काम भइरहेको थाम्सुहाङले बताउनुभयो । रंगशालाका लागि निर्माण भएको मञ्चको भने २०७१ सालमै तत्कालीन खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माबाट उद्घाटन भइसकेको छ ।

प्रदेश २ मा आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै

१६ फागुन: प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको छ ।

संघीय समाजवादी फोरम र राजपाले पाँच–पाँच जना मन्त्रीको नाम टुंगो लगाएपछि आज मन्त्रिमण्डल विस्तार हुन लागेको हो । दुवै पार्टीले दुई–दुई जना मन्त्री र तीन–तीन जना राज्यमन्त्रीको नाम टुंगो लगाएका छन् । फोरमबाट ज्ञानेन्द्र यादव, शैलेन्द्र साह, योगेन्द्र यादव, सरोज सिंह र उषा यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुने मुख्यमन्त्री राउतका प्रेस सल्लाहकार आतिष मिश्रले बताउनुभयो । शपथ ग्रहण कार्यक्रम आजका लागि तय गरिएको छ ।

यता राजपाले आज शपथ लिने मन्त्रीको नाम सार्वजनिक गरेको छैन । राजपाको समर्थनमा फोरमले मुख्यमन्त्रीसहित चार मन्त्रालय र राजपाले सभामुखसहित तीन मन्त्रालयको बाँडफाँड गरेका छन् ।

फोरमबाट मुख्यमन्त्री राउत र अर्थ मामिलामन्त्री विजय यादव तथा राजपाबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा जितेन्द्र सोनलले मन्त्रालय सम्हालिसक्नुभएको छ । राजपा अध्यक्षमण्डलका सदस्यबीच निर्वाचितलाई मात्र मन्त्री बनाउने वा समानुपातिक सांसदलाई पनि बनाउने भन्नेमा विवाद रहेको बताइन्छ । राजपाबाट नवलकिशोर साह, मनीष सुमन, जयनुल राइन र डिम्पल झा मन्त्रीको आकांक्षी छन् ।

त्यस्तै, परमेश्वर साह, सुरिता साहलगायत सांसद राज्यमन्त्रीका आकांक्षी छन् । राजपा प्रदेशसभा सदस्य परमेश्वर साहले कसलाई सरकारमा पठाउने भन्ने विषयमा पार्टीले आज टुंगो लगाउने बताउनुभयो ।

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

चितवन, १६ फागुन :पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा आज बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार नेपालगन्जबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख २१७४ नंको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया पार्वती बर्ताैलाको घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ९ बजे घटना भएपछि स्थानीयवासीले केही बेर राजमार्ग अवरुद्ध पारेका थिए ।

चौँरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ

मनाङ, १६ फागुन  नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । 

मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौँरी गोठमा रमाइरहेका छन् । ११ वर्षकै उमेरबाट चौँरी गोठमा बसेका कान्छा गुरुङले कक्षा ८ सम्म पढेका छन् । विद्यालय खुल्ने याममा आफू चौँरी गोठमा बस्नुपर्ने र हिउँदमा गोठ तल झर्दा विद्यालय बन्द हुने भएकाले राम्रोसँग पढ्न नपाउँदा पढाइ छोड्नु परेको उनको भनाइ छ । 

आजकाल पढेलेखेका युवा विदेशिएका र जागिरको सिलसिलामा शहर बजारमा भौँतारिएको देख्दा आफूले अँगालेको पुख्र्यौली पेशा नै उचित भएको उनी बताउँछन् । ११ वर्षदेखि चौँरी गोठमा बस्दै आएका कान्छा गुरुङले शुरुमा जम्मा १० वटा चाँैरीबाट यो पेशाको थालनी गरेको बताए । 

अहिले ६० वटा चौँरी र १५ वटा भाले (याक) रहेका छन् । उनी चौरीको दूध दुहुने, मोही पार्ने र दूधदहीबाट विभिन्न परिकार, चिज, नौनी, घ्यु र छुर्पी बनाउछन् । अहिले एक केजी नौनीको रु २५ सय पर्छ भने एक पालामा करिव १० केजी नौनी हुन्छ । उनले उत्पादन गरेका यी परिकारहरु मनाङका होटललगायत काठमाडाँ,ै पोखरा र बाहिरी मुलुकमा समेत पुग्ने गरेका छन् । 

त्यस्तै, एउटा याकको मूल्य अहिले रु एक लाख २० देखि ३० हजार सम्म पर्छ । कान्छा गुरुङले वर्षमा चार÷पाँचवटा याक बेच्ने गरेको र एक वर्षमा १० देखि १२ लाखसम्म आम्दानी गर्ने गरेको बताए । कान्छा भन्छन्, “अहिले आफूसँग भएका सबै चाँैरी र याकको मुल्य चार÷पाँच करोड पुग्छ ।” 

शुरु शुरुमा त रमाईलो नै भयो बीचमा आफ्ना साथीहरु विदेश गएको देखेर आफूलाई पनि सबै छाडेर विदेशिने रहर जागेको र घरको समस्याले गर्दा गोठमै थन्किनु पर्दा नरमाइलो लागेको बताए । अहिले विदेशिएका साथीहरुको अवस्था देख्दा आफूले गरेको कामप्रति सन्तुष्टि मिलेको उनी बताउँछन् । 

उनी भन्छन्, “काम भनेको सानो ठूलो हँुदैन, जे गरे पनि हुन्छ । आफूले जति मिहेनत ग¥यो उत्तिनै फल पाइन्छ ।” हिमालको काखमा हिउँसँग चिप्लँदै चाँैरीको पछि लाग्न कहाँ सजिलो छ र ? तैपनि रमाउँदै रमाउँदै यिनै चाँैरीको पछि लागेको छु जसले मलाई सबथोक पु¥याएको छ । 

हिमालको काखमा चिसो हिउँसँगै आफू जोगिएर हिउँ चितुवासँग चौँरी जोगाएर आफ्नो परिवारसँग रमाउन पाएकोमा उनी गर्व गर्छन् । अहिले उनको घरमा उनकी श्रीमती र एक छोरी मात्र छन् । कान्छा भन्छन्, “आजकलका युवाहरुमा विदेशिने मोह जागेको छ जसले युवालाई आफू र आफ्नोपन के हो भन्ने थाहै छैन ।” 

घरजग्गा बन्धक राखेर विदेशिएका युवा साथीहरु ऋण तिर्न नसकेर रोएका छन् त कोही अलपत्र परेका छन् । यस्तो अवस्था देख्दा आफूले अँगालेको पेशामा गर्व लागेको बताउँछन् । गर्नसके आफ्नो ठाउँमा नै सबथोक छ । पैसा कमाउन पराइको गुलाम बन्नु पर्दैन । जे गरे पनि हुन्छ । शुरुमा १० वटा चौँरीबाट शुरु गरेका कान्छा गुरुङ अहिले करोडपति बनीसकेका छन् । 

Tuesday, February 27, 2018

एनआरएन अमेरिकाद्वारा सिनेटर टेड क्रुज सँग टिपीएस सम्बन्धी वार्ता, सिनेटरद्वारा सक्दो सहयोगको आश्वासन

एनआरएन अमेरिकाद्वारा सिनेटर टेड क्रुज सँग टिपीएस सम्बन्धी वार्ता, सिनेटरद्वारा सक्दो सहयोगको आश्वासन

फाल्गुण १६, वाशिङ्गटन, डिसी/ अमेरिकी सरकारद्धारा नेपालीहरूलाई उपलब्ध गराइएको टेम्पोरोरी प्रोटेक्टेड स्टाटस टिपिएस सुविधालाई नबिकरणका लागी पहल गर्न गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद एनआरएन अमेरिकाले आज अमेरिकी सिनेटर टेड क्रुजलाई भेटी औपचारिक अनुरोध गरेको छ ।

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वमा गएको एक टोलीले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउँदै अमेरिकामा रहेका टिपिएसधारी नेपालीहरूमा टिपिएस नबिकरण नभएमा पर्न सक्ने आर्थिक, सामाजिक, मानसिक समस्याबारे सिनेटर क्रुजलाई अवगत गराएको थियो ।

छलफलका क्रममा अध्यक्ष डा. पौडेलले टिपिएस एक अस्थायी समाधान भए पनि यसको समाधान दीर्घकालीन रूपमा खोज्नकालागी सिनेटर क्रुज समक्ष आग्रह गर्दै टिपिएस नबिकरणले अमेरिकामा रहेका नौ हजार बढी नेपाली परिवारहरूलाई सहयोग पुग्ने मात्र नभई नेपाल राष्ट्रलाई समेत आर्थिक रूपमा सहयोग पुग्ने भएकाले नबिकरणका लागि आवश्यक पहल गर्न सिनेटर क्रुज समक्ष आग्रह गर्नुभयो ।

छलफलका क्रममा सिनेटर क्रुजले भूकम्प पश्चात् नेपालको आर्थिक र नेपाली जनजिबनमा पर्न गएको प्रभावबारे आफू जानकार रहेको र टिपिएस नबिकरणका लागी आफ्नो तर्फबाट प्रयास हुने बताउनुभयो ।” नेपालीहरूलाई परेको यो समस्याका बारेमा हामी सक्दो सहयोग गर्नेछौँ ” क्रुजले बैठकमा सहभागीहरूलाई भन्नुभयो ।

एनआरएन अमेरिकाका मिडिया कोर्डिनेटर बाल जोशीको संयोजनमा भएको सो बैठकका सहभागीहरूले सिनेटर क्रुजको जुडिसिएल समिति सँग समेत भेटघाट गर्नु भएको थियो । सो समितिको प्रतिनिधित्व गर्दै जुडिसियल काउन्सिल क्याथलिन हुंकरले एनआरएन प्रतिनिधि मंडलसंग भेटी विनाशकारी भूकम्पले नेपालमा परेको दीर्घकालीन प्रभाव र अमेरिकामा रहेका टिपिएसधारी नेपालीहरूका बारेमा जानकारी लिनु भएको थियो ।

सिनेटर क्रुज र जुडिसियल समितिकी काउन्सिल क्याथलिन हुंकरसंग भएका दुवै बैठकमा एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिका पदाधिकारीहरू, एनआरएनका विभिन्न च्याप्टरका प्रतिनिधिहरू, पत्रकारहरू तथा विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

एनआरएन अमेरिकाका प्रवक्ता विनोद तिवारीले बैठक पश्च्यात एक विज्ञप्ति जारी गर्दै सिनेटर क्रुज र काउन्सिल हुङ्कर सँगको बैठकमा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, कोषाध्यक्ष डा. प्रकाश अर्याल, मिडिया कोर्डिनेटर बाल जोशी, कार्यसमिति सदस्य आङ ङिमा शेर्पा तथा एनआरएन न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, उपाध्यक्ष विष्णु रानामगर र सदस्य बेगम पण्डितको सहभागिता रहेको जनाएका छन् । यसै गरी एनआरएन भर्जिनिया च्याप्टरका अध्यक्ष गोबन्द सुबेदी, सामाजिक संस्था अधिकारकी प्रतिनिधि आकृति खनाल, टिपिएस अलाएन्सका प्रतिनिधि मार्केल हरनान्जेज, प्रवासी नेपाली मञ्चका टेक गुरुङ र रामेछाप शेर्पा समाजका देण्डी शेर्पाको समेत प्रतिनिधि मण्डलमा सहभागी थियो । नेपाल अमेरिका पत्रकार सङ्घका प्रतिनिधिहरू अध्यक्ष भोला आचार्य, उपाध्यक्ष गुनराज लुइटेल र संस्थाका सदस्य पत्रकार निधेश अधिकारी र अस्कार केसी समेत छलफलका क्रममा सहभागी रहेको प्रवक्ता तिवारीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाको टेक्सासबाट सिनेटर बनेका टेड क्रुज अमेरिकी सिनेटर भित्रका एक प्रभावशाली सिनेटर मानिन्छन् । रिपब्लीकन पार्टीभित्र पनि कन्जरभेटिभ समूहको प्रतिनिधित्व गर्ने सिनेटर क्रुज सन २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतिय निर्वाचनमा राष्ट्रपति पदका एक सशक्त उम्मेदवार थिए । २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् अमेरिकी सरकारले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा आगामी जुन २४ मा समाप्त हुँदैछ । यो सुविधा नबिकरण नभए झन्डै ९ हजार भन्दा बढी नेपालीहरूले अमेरिका छोड्न बाध्य हुनेछन् ।

अमेरिकी करनीति र राष्ट्रपति ट्रम्प द्वारा पारित ” ट्याक्स कट तथा जव एक्ट ” को प्रवासीमा असर बारेमा छलफल

अमेरिकी करनीति र राष्ट्रपति ट्रम्प द्वारा पारित ” ट्याक्स कट तथा जव एक्ट ” को प्रवासीमा असर बारेमा छलफल

आगामी मार्च ४ तारिख आइतबारका दिन अमेरिकाका द्वय सीपीए ( प्रमाणित जन लेखापाल ) किरण “रोन ” सिटौला तथा पशुपति श्रेष्ठले सयुक्त रुपमा अमेरिकी करनीति र राष्ट्रपति ट्रम्प द्वारा पारित ” ट्याक्स कट तथा जव एक्ट ” को प्रवासीहरुलाई यसको असर जानकारी दिने भएका छन ।

सिटौला मेरिल्याण्ड राज्य स्थित इन्डिएन हेड शहरका निवासी तथा उक्त शहरका निर्वाचित उप नगर प्रमुख पनि हुन । सामाजिक संजाल द्वारा प्रत्यक्ष प्रसारण गरिने उक्त कार्यक्रम निकै महत्वपूर्ण भएकोले सहभागी हुन् सबैमा आग्रह गरिएको छ ।

अमेरिकी कर प्रणाली को ईतिहास ,अप्रवासीलाई कुन किन कर बुदा ले सहयोग गर्ने ,ध्रुत र ठग बाट कसरि बच्ने ? नि :शुल्क मा कर दाखिलाको सहयोग कहाँ पाइन्छ ? स्वास्थ्य र कर को के सम्बन्ध छ ?

र बजारमा रहेका बिभिन्न ट्याक्स (कर) सफ्ट वेयर को पक्ष र विपक्ष जस्ता कुराहरुको समेत छलफल गरिने छ । यस्तो मौका नछुटाउन सबैमा अनुरोध छ ।

ताजा समाचार :भर्जिनिया स्थित सयुक्त सैन्य संचालन केन्द्रमा संदिग्ध पत्रले ११ जना बिमारी ,केहि अस्पताल भर्ना

ताजा समाचार :भर्जिनिया स्थित सयुक्त सैन्य संचालन केन्द्रमा संदिग्ध पत्रले ११ जना बिमारी ,केहि अस्पताल भर्ना

अमेरिकाको डिसी नजदिक आर्लिंगटन स्थित सैन्य संचालन केन्द्रमा संदिग्ध पत्रको कारण ११ जना बिमारी भएका छन् भने ३ जना लाई अस्पताल पठाईएको छ ।

संदिग्ध पत्र भित्र ज्ञात वस्तु भएकोले त्यसको कारण यस्ता खतरा पूर्ण चिजलाई नियन्त्रण गर्न बिशेसज्ञ टोलि आर्लिंगटन स्थित सयुक्त आधार मायेर – हेनडरसन् सभाकक्षमा पठाई सकिएको छ ।

आर्लिंगटन अग्नि नियन्त्रण बिभागका अनुसार ३ जना को अवस्था स्थिर रहेको जनाएको छ । उक्त पत्र को प्रतिकुल असर बाट नाक बाट रगत आउने र हात जलन भएको पारिवारिक श्रोतले जनाएको छ भने उक्त भवन खाली गरिएको समाचार डब्लुटिओपी ले लेखेको छ ।

यसको कारण अन्य कामहरु पछि सारिएको छ ।

तस्बिर कृतज्ञता : फक्सन्युज

परदेशी मन : ईश्वरी गौतम

 

एक्ला छन दिन
एक्ला छन रात
छैन तिम्रो साथ

समुन्द्र पारी
मुटु बाधेर
गर्दैछु धेरै प्यार

सम्बन्धका पानामा
आशुका दाना भरेर
लेख्दैछु सन्चैको पत्र

मनको कुनामा
सपनाको संसारमा
तिमी सगै हुन्छु

तिमी सग छुट्दा
मुटु किचेर
बसेको छु भेट्ने दिन गनेर

 

डिसीका प्रख्यात कलाकार राजेन्द्र केसीले अमेरिकामा रहेता पनि नेपाल सम्झेर बनाएको चित्र

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सँधैसँधै नेपाल कोर्न पाइयोस्।

 

कस्तो अचम्म !! हास्य कलाकार संग संगै गायक पनि ! को हुन् हिनी ? पुरा भिडियो

बुटवल, कलाकारीतामा क्यारीकेचरबाट आफ्नो पहिचान बनाउदै हिडेका मिलन सापकोटा हाल बुटवललाई केन्द्र विन्दु बनाई आफ्नो कलाकारीता प्रस्तुत गरेका छन्। स्याडग्जा जिल्लामा जन्मीएका मिलन सापकोटा विभिन्न स्वर निकाल्न सक्ने कलाकारितामा प्रबेश क्षेत्रमा यिनिलाई स्वरको जादु भएका ब्याक्तिको पात्रका रुपमा लिन सकिन्छ ।
केहि बर्ष यता कलाकारिता क्षेत्रमा लागेका सापकोटाले नेपालका चर्चित व्यक्तिहरुको हुबहू स्वर निकाल्ने गर्दछन । त्यो मध्ये नेपालका चर्चित राजनितिक कर्मि, नेता, लोक तथा आधुनिक गायक र हास्यकलाकार पर्दछन । यसै कर्ममा मिलन सापकोटा बुटवल बाट प्रसारण हुने कार्यकर्म नमस्ते बुटवल बाट लाइवमै आफ्नो क्यारीकेचर प्रतिभा देखाउनु भएको छ | जुन प्रोगाममा प्रस्तोता प्रेणा केसीको साथ सहयोगमा अन्तरबार्ता सहित रहेको छ |
हेरौ उक्त भिडियो :

टेक विष्टको सर्वोकृष्ट अभिनयमा “आत्मा ” हेर्नुहोस भिडियो

विराटनगर , फागुन १५
नेपाली गित संगितको क्षेत्रमा क्रियाशिल गायक गायिका हरुको सर्वोकृष्ट सिर्जनाहरु निरन्तर रुपमा शिव दर्शन फिल्मस प्रालीको प्रस्तुतिमा यामुना खड्का शिलाको मार्मिक लोक दोहोरी “आत्मा ” पुष्कल शर्मा र गायिका यमुना खड्का शिलाको सुमधुर आवाजमा बजारमा आएको छ । यस गीतमा अहिलेका पहुचार्चित गायक पुष्कल शर्मा र यमुना खड्काको सुमधुर स्वर रहेको छ । प्रस्तुत गीतमा लय शब्द यमुना खड्काको रहेको छ । गितलाई जिवन्त रुप दिनको लागी विर्ख एल आरले लय गरेका छन । सपना भित्र मानिसको कतिपय विगतका स्मरणका स्वरुपहरु हुन्छन । मानिसको जिवनको अन्त्य सगै मनका विभिन्न तरङमा मायाका भावहरुपनि निकै सताउने गर्छ । आफना माया गरेको प्रेमी वा प्रेमिकाले आफना अधुरा सपना पुरा गर्नको लागी आत्मा बनेर समय समयमा आउने गरेको कुरा सुन्न पाइन्छ । मानिसको शरिर मरेर गएपनि मानिस भित्रका भावनात्मक सम्वन्ध र उसले गरेका कामहरु सधैनै मन मस्तिस्कमा आइनै रहन्छ ।
नेपाली लोक गित संगितको क्षेत्रमा राम्रो कलाकौशल प्रस्तुत गर्न सक्ने कला भएका टेक विष्ट र चर्चित मोडल सारिका केसीको अभिनय रहेको छ ।  विनोद सुन्दासको निर्देशनमा तयार पारिएको गितमा किरण चौसियारको छायाँकन रहेको छ भने प्रविन भटटले सम्पादन गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...