Friday, February 23, 2018

पद्मा लिंखा मगरको शब्द रचनामा नायिका निता ढुंगानाले प्रेमी बाट पाएको पिंडा सहन सक्ने शक्ति मिल्यो (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको बजारमा एक अजर अमर प्रेम भावले बुनिएको आधुनिक गीत भर्खरै बजारमा आएको छ ।जिबनमा कसैलाई मन देखि मन पराइन्छ र त्यो आफुले माया गरेको मान्छे बाट मुटुमा बज्रपात गरी हिंड्छ भने कसले पो सहन सक्छ र !! तर यहाँ गीतकार पद्मा लिंखा मगरको सृजनाले मोडल निता ढुंगानालाई यस्तो घाती प्रेमीको तर्फ बटा पाएको पिंडा सहन सक्ने शक्ति मिलेको छ ।

बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको एल्बम नजर भाग ३ समाबेस “सुन्दर फूल्को थुङगा भन्यौ” बोलको गीतमा  उक्त कथा छर्लंग पारिएको छ । पद्मा लिंखा मगरको शब्द रचनाले सजिएको यस गीतमा बहुचर्चित गायिका अन्जु पन्तको सुमधुर स्वर रहेको छ । राजकुमार मगर द्वारा संगीत बद्ध गीतको म्युजिक भिडियोमा निता ढुंगानाको साथमा सम्पदा बानिया र गम्बिर बिस्टको पनि अन्त्यन्त घत लाग्दो अभिनय रहेको छ । भिडियोलाई न् $रेग्मी ले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...