Saturday, February 17, 2018

प्रणय दिबसको उपलक्षमा क्यानडाको मिसिसागामा “पासा टुर्स तथा ट्राभल्स” द्वारा कार्यक्रम


मिसिसागा, प्रणय दिबस २०१८ को उपलक्षमा क्यानडाको मिसिसागामा बिगतका बर्षहरुमा झै यस बर्ष पनि बिबिध कार्यक्रम सहित आयोजना गरेको छ । सो कार्यक्रमको आयोजना “पासा टुर्स तथा ट्राभल्स” ले गरेको हो ।कार्यक्रममा अतिथि सबैलाई स्वागत गर्नु हुन्दै ट्राभल्सका कार्यकारी प्रमुख कॄष्ण गोपाल धोँजूले नेपाली समुदायमा एक आपस बीच परिचय, मनोरन्जन तथा शुभकामना आदान प्रदान गर्ने अबसर मिलोस भन्ने उद्देश्यले बिगत केहि बर्ष देखि निरन्तर रुपमा कार्यक्रम संचालन गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा साना नानीहरु सईसा राउत, श्रवणी दाहाल, संस्कॄति बुढाथोकि, प्रियन्शु गुरुङ, जुदिसा ज्ञवाली, लीशा धामीले आकर्षक सामुहिक नॄत्य प्रस्तुत गरेका थिए भने स्थानिय कलाकारहरु आभा राउत, आशिर्बाद सुबेदि, मिङ्मार शेर्पा, सुरेन्द्र लाल श्रेस्थ, गीता पन्त, गोबिन्द घिमिरे ले कर्णप्रिय गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अर्को आकर्षक पक्ष भनेको सहभागीहरु मध्य “बेस्ट ड्रेस मेल” र “बेस्ट ड्रेस फिमेल”को ब्यबस्था पनि हो ।

यसमा निर्णायकहरु को निर्णय अनुसार क्रमस दिनेश सिंह मल्ल र रुस्मी प्रजापति छनौट भएका थिए ।बिजयी महानुभाबहरुलाई प्रायोजक छीमि शेर्पाले पुरस्कार प्रदान गर्नु भएको थियो ।साथै “डोर प्राईज”का बिजेताहरुलाई पनि उपहार प्रदान गरिएको थियो ।

स्थानिय प्रीत पालस बान्क्वेट हलमा संचालन गरिएको सो कार्यक्रमको उदघोषण बिरेन्द्र राउतले गरेका थिए भने कार्यक्रम सफलतापुर्बक संचालन गर्न ब्यबस्थापन, डी जे, फोटोग्राफी लागायतमा शीब कारन्जित, सागर सिंखडा, संगीता जी. सी., सुदीप खनाल,लक्ष्मण मण्डल, बिशाल बुढाथोकि, अनिल सिं प्रजापतिले स्वयंसेवा गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...