Monday, February 5, 2018

राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड

काठमाडौँ, २२ माघ :नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसंघीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।

पाकिस्तानी दूतावासद्वारा आज यहाँ आयोजित ‘जम्मु कास्मिकर विवादको ऐतिहासिक यथार्थ’ विषयक प्रवचनमा उहाँले कास्मिरका जनताको भावना बमोजिम जनमत संग्रह हुनुपर्ने राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड दिनुभयो ।

वरिष्ठ पत्रकार राजन कार्कीले सरकारका कुनै पनि मुलुक मानवअधिकार उल्लंघनका घटनाबाट मुक्त हुनुपर्ने बताउँदै कास्मिर समस्या संयुक्त राष्ट्रसंघकै प्रस्तावअनुरुप हुनु आवश्यक भएको उल्लेख गर्नुभयो ।

विश्लेषक शास्त्रदत्त पन्तले पण्डित नेहरुले गरेको वाचा बमोजिम कास्मिरी जनताका आकांक्षा सम्बोधन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

हरेक वर्ष आजकै दिन पाकिस्तानले विश्वभर ऐक्यबद्धता दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा उक्त दिवस आज यहाँ आयोजना गरिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...