Friday, February 16, 2018

डिसी तामांग समाजको ल्होछारमा निमा रुम्बा,हरिश माथेमा ,एन्जलका राजु लामा ,विजय अधिकारी लगायतको बिशेष प्रस्तुति हुने


विजय थापा, डिसी महानगर क्षेत्रमा स्थापना भएको बृहत् वाशिंगटन तामांग समाजको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष २८५४ औं सोनाम ल्होछार खि -ल्हो कुकुर बर्ष को लागि समिति भब्य तयारीमा जुटेको छ l कार्यक्रम भोलि फेब्रुअरी १७ तारिख शनिबार भर्जिनियाको फेयर फ्याक्स मा हुने भएको छ l

उक्त ल्होछार पर्वलाई हौसला प्रदान गर्न अमेरिकाको विभिन्न राज्यमा बाट कलाकारहरु निमा रुम्बा,हरिश माथेमा ,एन्जलका राजु लामा ,विजय अधिकारी लगायत आउने भएका छन् l यसको साथै स्थानीय उदाउदो कालाकार को रुपमा चिनिने राजल लामा तथा अन्य प्रतिभाशाली कलाकारको बिशेष प्रस्तुति रहने आयोजकले जनाएका छन् l

कार्यक्रममा लामा गुरु द्वारा प्रार्थना तथा आशिर्बाद ,सांस्कृतिक कार्यक्रमहरु हुने छन l तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटन डिसीको तर्फ बाट सबैलाई सहभागिता हुन् आग्रह गरेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...