Thursday, February 15, 2018

डिसीमा नेपालको लागि टिपिएस(अस्थाई सुरक्षित दर्जा) विस्तार सम्बन्धि व्यापक छलफल गरिने

विजय थापा ,अमेरिकाको डिसी क्षेत्रमा आगामी फेब्रुअरी १८ तारिख आइतबार नेपालको लागि टिपिएस(अस्थाई सुरक्षित दर्जा) विस्तार सम्बन्धि व्यापक छलफल गरिने आयोजकले जनाएका छन् l

बुढा निलकन्ठ का पूर्व बिध्यार्थीहरुको संस्था (सिईबिएस -उत्तर अमेरिका )ले को पहलमा हुने उक्त कार्यकम दूर संचार प्रणालीको (कन्फेरेन्स कल ) को पद्धति बाट हुने भएको छ l यसको साथै सामाजिक संजाल फेसबुक (अनुहार किताव )को पनि प्रयोग गरि अझ यस बिषयमा सबैका चासो लाई समेटिने हुनाले व्यापक सहभागिताको लागि आयोजकले अपेक्षा राख्दै सरिक हुन् आग्रह गरेका छन् l

उक्त कार्यक्रमका अधिवक्ता लव कार्की तथा आकृती खनाल वक्ताहरुमा रहने छन् l कार्यक्रम संचालन किरण सिटौला तथा उपेन्द्र बमले गर्ने छन l बैठकको तारतम्य कमल रानाभाट ले गर्ने छन् l

कार्यक्रम आगामी फेब्रुअरी १८ तारिख बिहान ११ बजे दखि १२ बजे सम्म रहने छ l यसको साथै दुर संचार प्रणालीको लागि ७०१ ८०१ १२११ तथा कोड (संकेत ) ८१० ८४३ ९८५ बाट कार्यक्रममा प्रवेश गर्न सकिने छ भनि आयोजक ले जनाएका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...