Friday, February 2, 2018

जनताको समृद्धिका लागि सडक संघर्ष गर्नेः अध्यक्ष राणा

काठमाडौँ, १९ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताउनुभएको छ ।

पार्टीको ३ नं प्रदेशस्तरीय सम्मेलनको आज यहाँ उद्घाटनगर्दै उहाँले भन्नुभयो – “राष्ट्र र जनताको पक्षमा संसद्मा आवाज उठाउने वातावरण नभएको हुँदा पार्टीले सडकबाट नै उनीहरुको अधिकारका पक्षमा काम गर्नेछ ।”

अध्यक्ष राणाले चुनावमा प्राविधिक कारणले पार्टीका नेताले पराजय भोगको भए पनि जनताको मनबाट पार्टी पराजय नभएको उल्लेख गर्दै मुलुकको नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र केन्द्रसम्म संगठन सुदृढीकरणमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेतले विभिन्न समयमा संगठनभित्र आउने कठिनाइलाई समाधान गर्न आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री राजाराम श्रेष्ठले विगतमा भएका कमीकमजोरीको समीक्षा गरी परम्परागत मूल्य र मान्यताको संरक्षणबाट मुलुकलाई अगाडि बढाउन सकिने विचार व्यक्त गर्नुभयो ।

उक्त सम्मेलनमा सो प्रदेशका १३ जिल्ला, ३३ निर्वाचन क्षेत्र र ५२ गाउँपालिकाका प्रतिनिधि सहभागी छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...