|
काठमाडौँ । पूर्वी तराई विशेष गरी तराईमा आएको शितलहरले दर्जनौ मानिसको ज्यान लिएको र लाखौ मानिसहरुलाई प्रभावित पारिरहेको बेला झापाको झापा गाउपलिकाका वार्ड न. ४का वडा अध्यक्ष राजु जंग भारती छुट्टीको दिन शनिबार शितलहर प्रभावित रौतहट ज़िल्लाको मुसहर बस्तीमा कम्बल बाडदै गरेको भेटीए । करिब ७ घण्टा रातभरिको यात्राबाट उनको मुहारमा केहि थकान देखिए पनि शितलहर प्रभावितहरुमा उनको राहत पाए पछि देखिएको खुसीले उमङ्ग र उत्साह बढेको बताए ।
सितलहरले पुरै तराईनै रुझान पारिरहेको बेला रौतहट नै किन रोज्नु भयो भन्ने प्रश्नमा उनी भन्छन् सबै भन्दा बढी पिडित र निमुखा गरिब रहेको ठाउ भएकोले यस ठाउमा आफुले केहि गर्नु पछ भनि छुट्टीको दिनपनि नसुती असहायलाई न्यानो भर्न आएको बताए ।
पहिलो शनिबार ५० वटा कम्बल बितरण गरेका भारतीले एकै दिन सबै ठाउमा बितरण गर्न नसकेकोले बाँकी रहेको कम्बल धुर्मुस सुन्तलीलाई हस्तान्तरन गरेका थिए। भोलिपल्ट फेरी आफ्नो कार्यालय पुग्नु पर्ने भएकोले सितारामजीलाई अनुरोध गरि बाँकी पीडकहरुलाई बाडि दिन जिम्मा दिएका थिए ।तेसपछी लगातर दोश्रो, तेश्रो र चौथो चरणमा गरेर भारतीकै पहलमा लगभग २५० भन्दा बडि कम्बल वितरण गरी सकेको बताए !
आफुले पहिले देखि नै बिपतमा परेकाहरुलाई सहयोग गर्दै आएकोले आफुलाई बिस्वास गरेर देश विदेश बाट सहयोगहरु आउने बताए । वडा अध्यक्ष भएको १०० दिनमा आफ्नो प्रगति बिबरण प्रस्तुत गर्ने नेपालकै पहिलो वडा अध्यक्ष भनि चर्चा बटुलेका भारती झापा गाउपलिका मात्र नभई देशकै एउटा नमुना वडा अध्यक्ष हुन् ।
केहि समयअघि आएको बाढीमा आफ्नै पहलमा आफ्नो वार्डका पिडितहरुलाई मात्र राहत नबाडी झापा गाउपालिकाका १०१३ घर परिवारलाइ रु७ लाख बराबरको राहत र ७जना मृतक परिवारलाई रु ५००० को दरले राहत बाडेका उनी झापाका मात्र नभएर देशले नै गर्व गर्न लायकको नेता बन्न झापा गाबिसका पूर्व अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतिले बताए ।
सपथ लिएको केहि महिनामा नै आफुले घोषणा गरेको झापाको पुरानो चिनारीलाई मर्मत गरि गणतन्त्र स्तम्भ बनाएका भारतीले बिजयी भएकै दिन बिजयी जुलुसमा भाग नलिइ ३ वटा भत्केका बाटो निर्माण गर्न हिंडेका थिए।
बिहान १०बजे देखि बेलुका ५ बजे सम्म जनताको काममा चुस्त रुपमा खट्ने भारती शनिबार खाली समय कहिले खेल मैदान बनाउन त, कहिले मठ मन्दिर सफा गर्न र रातको समय बिग्रेको बिजुली ट्रान्सर्फमर मर्मत गर्दै गरेको अवस्थामा भेटिन्छन् । राजनीति शास्त्रमा बिए गरेका भारतीले झापा गाउपलिका वार्ड न ४ बाट अत्यधिक बहुमतका साथ जित हाँसिल गरेका थिए ।
|
|
|
Friday, February 2, 2018
सधैं जनताको माझमा रही काम गरी कहिल्यै नथाक्ने वडा अधक्छय
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment