Thursday, February 1, 2018

भर्जिनियाको एल्डी शहरमा भारतीय मूलका आमाछोरा गोली प्रहार बाट मृत अवस्थामा फेला

फेब्रुअरी १, अमेरिकाको डिसी महानगर क्षेत्रको लाउडन काउन्टी अन्तर्गत एल्डी शहरमा भारतीय मूलका आमाछोरा गोली प्रहार बाट मृत अवस्थामा फेला परेका छन् l प्रहरीका अनुसार ६५ बर्षिय माला मानवानी तथा ३२ बर्षिय ऋषि मानवानी यसरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् l

माला को सहकर्मी ले यो हप्ता माला नआएकी जानकारी उनले प्रहरीलाई दिएकी हुन् l जासुस का अनुसार दुवै मृतक घर भित्र नै यस्तो अवस्थामा रहेको पाइएको जनाएका छन् l

गत बुधबार नै गोलि प्रहार बाट मृत्यु भएका आमा छोरा को घर बाहिर भित्र जबर्जस्ति नछिरेको कुनै प्रमाण नभएको जनाएका छन् l पीडित माथि पटक पटक गोलि प्रहार भएको तर फरक फरक स्थानमा देखिएको प्रहरीले बताएका छन् l

हत्या आकस्मिक नभएको प्रहरीको ठहर गरेको समाचार डब्लुटिपी ले लेखेको छ l माला फल्स चर्चको सूचना प्रविधि प्रतिष्ठान मा कर लेखापाल को रुपमा काम गर्थिन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...