
शिशिर सिंखडा
भरतपुर, चितवन, १९ माघ ।
नेकपा एमाले चितवनले गत मंसिर २१ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समिक्षा गरेको छ । चितवनमा बाम गठबन्धनले सबै क्षेत्रमा विजय हासिल गरेकोमा सबै मतदाता, नेता, कार्यकर्ता तथा चितवनबासीलाई धन्यवाद समेत व्यक्त गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी चितवनको आज शुक्रबार बसेको १५औं बैठकले निर्वाचनको समिक्षाको अतिरिक्त चितवन काठमाडौं सम्पर्क मञ्च, विभिन्न विभागका प्रमुखहरु र विभिन्न क्षेत्र तथा प्रदेशका गतिविधि एवम् कार्यहरुको विभागीय प्रमुख एवम् कमिटीका अध्यक्षहरुद्वारा जानकारी गराइएको थियो । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कृष्णभक्त पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य केशवलाल श्रेष्ठ, देवी ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । बैठकले निर्वाचनको समय अगाडि नेकपा एमालेमा प्रवेश गरेका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्ने समेत निर्णय गरेको छ । बैठकले विभिन्न कम्युनिष्ट पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेका केही नेताहरुलाई जिल्ला कमिटीको आमन्त्रित सदस्यको निर्णय गरेको छ भने अन्य पार्टीबाट प्रवेश गरेकाहरुलाई पनि पार्टी सदस्यता प्रदान गर्दै विभिन्न जिम्मेवारी दिने निर्णय भएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिए । साथै बैठकले रत्ननगर, खैरहनी र राप्ती नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको पार्टीको जिम्मेवारी समेत हेरफेर गरिएको प्रचार विभाग प्रमुख रेग्मीले जानकारी बताए ।
No comments:
Post a Comment