Tuesday, February 13, 2018

नेपाल–बेलायतबीच पारस्परिक हितका विषयमा विचार–विमर्श

काठमाडौं, फागुन १ । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त अधिराज्यका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्याङ्काष्टरबीच दुई शताब्दी पुरानो नेपाल–बेलायत कूटनीतिक सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सो शिष्टाचार भेट भएको हो । प्रधानमन्त्री देउवाले हाल परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेका छन् ।

गत माघ २५ गतेदेखि आफ्नी धर्मपत्नी स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी राज्यमन्त्री क्यारोलाइन डाइननेगका साथ नेपालको साताव्यापी भ्रमणमा रहेका ल्याङ्काष्टरले राष्ट्रपति र रक्षामन्त्री तथा नेपाल सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका थिए । रासस

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...