Friday, February 16, 2018

डिसी मालिस केन्द्रका पुरुष कामदारले यौन दुर्व्यवहार गरेको आरोपमा ५ बर्ष कारागार

अमेरिकाको प्रख्यात मालिस केन्द्र एन्भि मसाज का पूर्व कामदारले काम गर्ने क्रममा केही महिलाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा ५ बर्ष कारागार दिइएको छ l

उनले मसाज एन्भि नामक पसलमा आएका ३ महिला ग्राहक माथि प्रथम दर्जाको यौन आक्रमणको प्रयास गरेकोले उनलाई ६० महिनाको सजाय सुनाईएको हो

मेरिल्याण्ड सिल्भर स्प्रिन्ग्स निवासी हब्तामु गेब्रेसलासी गत डिसेम्बरमा प्रथम दर्जाको यौन आक्रमण गरेकोमा अदालतले ठहर गर्दै दोषी ठहर्याएको थियो l

उनलाई प्रथम दर्जाको यौन आक्रमणको प्रयास तथा दुराचार यौनिक दुर्ब्यबहार को आरोप लगाईएको छ l उनलाई चार वटा अन्य यसैका शाखा रहेका पसलमा पनि यस्तै गरेको यौन दुर्ब्यबहार गरेको आरोप छ l उनले मसाज एन्भि डिसी ,मेरिल्याण्ड को बोउई तथा डिसी उत्तर पश्चिममा यस्ता व्यवहार गरेका थिए l

यसको साथै उनले महिलाको संबेदनशिल अंगमा समेत अनुपयुक्त रुपमा हात लगाएका थिए भनि आरोप समेत लगाई एको छ l पिडित महिला ग्राहकले उनले गरेको कुकृत्य को बारेमा स्थानीय संचार माध्यमलाई समेत अन्तर्वार्ता दिएका छन् l

एक पिडित महिलाले उनले अनुपयुक्त रुपमा छोए पछि बाहिर निस्कन साथ आफ्ना पति लाई जानकारी दिदै प्रहरीलाई समेत बोलाएकी थिइन् भनि डब्लुटिओ पी मा समाचार छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...