Thursday, February 22, 2018

प्रकाशले कलालाई तिमी जस्तोलाई के गर्नु र हड्डीसंग ठोकीएर बिजाउछ भने पछी खतरा दोहोरी भिडन्त(भिडियो)

तनहुँको शुक्लागण्डकी–११ मा माघ २६ गतेबाट सुरु भएको प्रथम थामडाडा साँखे महोत्सब सम्पन्न भएको छ । आर्थिक सामाजिक खेलकुदको बिकास, कृषि, पर्यटन,कला, सिप र सस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ भएको प्रथम थामडाडा साँखे सास्कृतिक तथा ब्यापारिक महोत्सबमा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए l स्थानिय कला , संस्कृती तथा कृषि लाई प्रबद्द्न गर्दै आर्थिक उपार्जन गर्न मदत गर्ने उदेश्यले महोत्सबको आयोजना गरीएको थियो

महोत्सबको सातौ दिन अतिथि कलाकार प्रकाश सपुतले आफ्नो प्रस्तुति राखेका थिए l उनको रमाइलो गर्दै कार्यकम संचालन गर्ने तरिकालाई धेरैले मन पनि पराएका थिए यसै कारण उनको गित सुन्नकै लागि धेरै दर्शक साझसम्म पर्खेर बसेका थिए. सबैभन्दा पहिले उनले प्रदेशीको पिडा समेटीएको चरर .. बरर ..धरर बोलको गित गाउदा धेरै जानले प्रदेशमा रहेका आफ्ना आफन्तलाई सम्झेर भाबुक बनेका थिए.अन्तम उनले आफ्नो झ्याउरे गित मार्फत आमाहरुलाई
नचाएका पनि थिए.

अन्तिममा उनको कला लम्सालसंग दोहोरि पनि प्रस्तुत गरेका थिए l कला लम्साललाई पातली देखेपछी प्रकाशले पनि दोहोरिमा पेली हाले भनिदिए पातलीसंग त के माया गलाउनु जहाँ छोएपनि हड्डीले बिजाउछ भने पछी कलाले पनि कडा जवाफ दिएकी थिइन l हेर्नुहोस रमाइलो दोहोरि घम्साघम्सी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...