Saturday, February 17, 2018

समाजसेवी तथा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित

काठमाडौँ : बिगत दशौ बर्ष देखि सौन्दर्य क्षेत्रमा पुर्याउदै आएको योगदानलाई उच्च मुल्यांकन गर्दै सिटीइभिटिका उप निर्देशक शैलेन्द्र आचार्यको हात बाट समाजसेवी तथा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित भएकी छिन l ‘रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ र ‘रोज सिप विकाश तालिम केन्द्र’ द्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा रश्मिलाज फेसियल हाउसकि संचालिका बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठलाइ उप निर्देशक शैलेन्द्र आचार्यले सम्मानपत्र सहित सम्मानित गरेका हुन l

उक्त अबसरमा १०० जना भन्दा बढि ट्रेनीङ प्राप्त ब्युटिसियनहरुलाई प्रमाण पत्र वितरण गरिनुको साथै बिगत लामो समय देखि सौन्दर्य क्षेत्रमा काम गर्दै यस पेशाको गरिमालाई बढाउदै आएका अन्य सौन्दर्यबिदहरुलाई समेत सम्मानित गरिएको कुरा ‘रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ र ‘रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारञ्जितले जानकारी गराइन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...