Sunday, February 18, 2018

दिलिप योञ्जनको “आफ्नै छायाँले” र “अमर”मुक्तक संग्रह सार्वजनिक

रोशन पोखरेल, काठमान्डौँ, फागुन ६

विन्ध्यावासिनी म्युजिक प्रालिको प्रस्तुतिमा हाल अमेरिका बस्दै आउनुभएका गितकार दिलिप योन्जनतामाङको गीती संग्रह “आफ्नै छायाँले” र मुक्तक संग्रह “अमर” राजधानिमा एक कार्यक्रमका विचविमोचन गरिएको छ ।

“आफ्नै छायाँले”गितमा रामकृष्ण ढकालको स्वर रहेको छ भने यस गीतीसंग्रहमा संगीतकार राजेश थापाको एकल संगीत रहेको छ । सो गीती संग्रहमा रामकृष्ण ढकाल , मिलनअमात्य , अजर जंगम , प्रमोद खरेल ,युवराज चौलागाईं र मेलिना राई को स्वर रहेको छ भने सुमन क्षेत्री,फडिन्द्र राई, लहाङ सुब्बा र साहस शाक्य को संगीत सम्योजन रहेको छ । यस गीती संग्रहकोरेकर्डिङ ए वान म्यूजिसीयनमा साजन साह ले गर्नुभएको हो । साथै मिक्सिङ र मास्टरीङ किशोरथापाले गर्नु भएको छ ।

यस गीती संग्रहको आवरण डिजाईन भने अनिल स्थापित ले गर्नुभएको छ ।“आफ्नै छायाँले” गितको भिडियोमा अजय रेग्मीले छायाकन गरेका छन भने भिडियो निर्देशन काजिशश्रेष्ठले गरेका हुन ।सुजन शाहिको सम्पादन रहेको भिडियोमा पुष्पल खड्का र किरण केशी र रुपाकडेँलको अभिनय रहेको छ ।

हेनुहोस भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...