विजय थापा, तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटन डिसी नयाँ वर्ष २८५४ औं सोनाम ल्होछार खि -ल्हो कुकुर बर्ष भब्यताको साथ सम्पन्न गरेको छ l हिमपातको बाबजुद डिसी महानगर क्षेत्र तथा न्यू योर्क राज्यहरु बाट समेत अतिथिहरु कार्यक्रमको लागि आएका थिए l
गत फेब्रुअरी १७ तारिख शनिबार भर्जिनियाको फेयर फ्याक्स स्थित चर्चमा कार्यक्रमको आयोजना गरिएको थियो l कार्यक्रम लाई दुई भागमा विभाजित गरिएको थियो भने पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथिमा अमेरिकाका लागी नेपाली राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि ),नेपालका लागि पूर्व अमेरिकन राजदुत स्कट डेलेसी ,लामा गुरु गोम्पो येशे (डेविड विलिम्स ) ,अर्का लामा गुरु छिरिङ्ग शेर्पा ,तामांग सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लाक्यन लामा बिशेष अतिथिमा आमन्त्रित थियो l कार्यक्रमको अध्यक्षता उत्तर डोंग लामाले गरेका थिए l

प्रमुख अतिथि डा कार्की तथा पूर्व अमेरिकन राजदुत स्कट डेलेसी आफ्ना जीवन संगिनीका साथ उपस्थित रहेका थिए l प्रमुख अतिथि डा कार्की , पूर्व अमेरिकन राजदुत स्कट डेलेसी तामांग सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लाक्यन लगायत ले शुभकामना मन्तब्य राखेका थिए l यसै गरि कार्यक्रममा ल्होछार मोन्लाम प्रार्थना लामा गोम्पो तथा छिरिङ्गले गरेका थिए l
समाजका कार्यकारी उपाध्यक्ष फ़ौद लामाले स्वागत मन्तब्य राखेका थिए भने सभापति उत्तर डोंग लामाले पहिलो चरणको औपचारिक कार्यक्रममा केहि ल्होछार सम्बन्धि उठेका विवाद का बारेमा कुरा कुराहरु राख्दै समापन गर्दै संचार माध्यम ,प्रायोजक ,अतिथि ,स्वयम् सेवक,कलाकार तथा सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए l
कार्यकममा भर्जिनिया सेन्टरभिल स्थित नेपाली पाठशालाका बिद्यार्थीहरुले अमेरिकन राष्ट्रिय गान तथा नेपाली राष्ट्रिय गान कण्ठ गरेर गाएका थिए l कार्यकममा स्थानीय कलाकारहरु ले सामुहिक ल्होछार नृत्य ,वर्षा पराजुली ,केलोङ्ग गुरुङ ,सज्जन लामा तथा मनिधन राईको एउटा हास्य व्यग्य नृत्य ,तामांग समाजको तर्फ बाट डिग बहादुर तामांग साथीहरुको तामांग गीत ,अलिशा गुरुङ ,मनु गुरुङ तथा काजल गुरुङको नृत्य बेजोड को रहेको थियो l

यसै गरि अमोद तथा नविन तामांग को गीत , सज्जन लामा तथा पारिजात वाइबा को आधुनिक गीतमा नृत्य ,रिक् जान तथा निलम श्रेष्ठले गीत प्रस्तुति गरेका थिए l यसै गरि नेपाली चलचित्र कान्छी को कान्छी है कान्छी गीतमा नृत्य गर्ने जोडीमा मणिधन राई तथा सबिता श्रेष्ठको बेजोड प्रस्तुति रहेको थियो l यसको साथै मोक्ष्य मन्त्र ले ४ वाट गीत प्रस्तुति गरेका थिए l यसै गरि उदाउदो कलाकार राजल लामा ले गीत प्रस्तुति गरेका थिए भने पेमा लामा तथा राजु लामालेको प्रस्तुत गरेका थिए l औपचारिक कार्यक्रम संचालन रोजी घिसिङ्ग तामांग ,अमोद घिसिङ्ग तथा तारा योञ्जनले गरेका थिए l
यसै गरि साँस्कृतिक कार्यक्रम संचालन गर्ने हरुमा तारा योञ्जन ,अमोद घिसिङ्ग ,पेम याङ्ग तामांग ,आशिक लामा , श्रुति मोक्तान तथा सागर मोक्तानले पालै पालो गरेका थिए l कार्यक्रममा डिसी क्षेत्रका विभिन्न संघ/संस्थाका अध्यक्ष तथा समुदायको बाक्लो उपस्थिति रहेको थियो l
कार्यक्रम को अन्त्यमा अमेरिकाको विभिन्न राज्यबाट आएका चर्चित कलाकारहरु निमा रुम्बा,हरिश माथेमा ,एन्जलका राजु लामा तथा विजय अधिकारीको बेजोड प्रस्तुति रहेको थियो l
No comments:
Post a Comment