Monday, February 5, 2018

चर्चित हेयर स्टाईलिस्ट निल डेभिड कटुवालको ५१ औ ब्राण्ड राजधानीको बौद्धमा संचालन

काठमाडौँ : चर्चित हेयर स्टाईलिस्ट निल डेभिड कटुवालको ५१ औ ब्राण्ड राजधानीको बौद्धबाट सञ्चालनका आएको छ। निल डेभिड ग्रुपको हेयर एण्ड ब्युटि सलुन,, ब्राञ्च, फ्रेञ्चाइजी, एकेडेमी र मेकअप स्टुडियोजस्ता ब्राण्डको ५१औं ब्राण्डस्वरुप सोमबारबाट बौद्ध स्तुपा द्धारअगाडि निल डेभिड्स हेयर एण्ड व्युटी सलुनको फ्रेञ्चाईजी सञ्चालनमा ल्याइएको हो।

सो फ्रेञ्चाइजीको हेयर स्टाइलिष्ट निल डेभिड कटुृवाल, सञ्चालिका विनु राई लामा र उनको पिता गोपाल राईले संयुक्तरुपमा शुभाम्भ गरे। १० वर्ष अघि भारतको सिलुगढीमा निलसँगै हेयर स्टाईलसम्बन्धि ट्रेनीङ लिएर त्यहिँ काम सुरु गरेकी हेयर स्टाईलिस्ट तथा मेक अप आर्टिस्ट बिनु राईले खोलेको उक्त युनिसेक्स सलुनमा उदघाटनको पहिलो दिनबाट नै ग्राहकहरुले सेवा लिन थालेका छन्। ‘१० वर्ष अघि निल सरसँग ट्रेनिङ लिने समयमै उहाँकै नामबाट आफ्नो सलुन खोल्छु भन्ने सपना थियो, त्यो सपना आज पुरा भएको छ। दिल्लीस्थित भीआईसीसी मेकअप ईन्ष्टिच्युटमा मेकअप आर्टिस्टको ट्रेनिङ लिएपश्चात मेकअप सम्बन्धि पनि राम्रो अनुभव भयो। काठमाडौको केएल टावरमा निल डेभिड्स सलुन खुलेपछि मैले त्यहाँ पनि काम गरेँ। यस अगाडि सीभील मलमा पनि केहि समय काम गरे । त्यसपछि भने आफ्नै सलुन खोल्ने सपना भएकोले गर्दा निल डेभिट ईन्टरनेशनल युनिसेक्स सलुन सञ्चालनमा ल्याएकी हुँ,’ उनले भनिन्। बिनुले सन् २०११ मा भारतको सिलुगढिमा आयोजित निल डेभिड्स हेयर फेशन शोमा सक्रिय सहभागीता जनाएको पनि स्मरण गरिन।

‘जसरी आफ्नो चिल्ड्रेनले आफ्नो प्यारेन्ट्सप्रतिको कर्तव्य पुरा गर्दा प्यारेन्टसहरुलाई गर्व महसुुस हुन्छ आज मैले नै सिकाएको स्टुडेन्डले निल डेभिड्स ब्रान्डको रुपमा विभिन्न स्थानमा नया नया सलु्न खोलेर ग्राहकलाई सेवा दिँदै निल डेभिड ब्राण्डलाई एउटा उचाईमा पुर्याएका छन्, त्यसबाट खुशी लागेको छ। यसरी मेरो स्टुडेण्टहरुले सलुन खोलेर सञ्चालन गर्नु भनेको म मात्र होईन हाम्रो ब्राण्डकै लागि गौरवको कुरा हो,’ सलुन उदघाटन कार्यक्रममा पुगेका निलले भने। बौटको यो सलुनमा हेयर स्टाइल तथा मेकअप सम्बन्धि सुविधाहरु उपलब्ध छन्।

आफ्नो ब्राण्डको सलुनका शाखा र फ्रेञ्चाईजी नयाँ बानेश्वर, कोटेश्वर, कमलपोखरीस्थि सिटी सेन्टर तथा कुमारीपाटीमा पनि सञ्चालनमा आउन लागेको निलले जानकारी गराए। उनले भारतको सिलुगढी तथा ईलहवादमा समेत सलुन सञ्चालन गर्ने तयारीमा रहेको पनि जानकारी दिएका छन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...