
सञ्जय मित्र, रौतहट
रौतहटको गरुडा नगरपालिका ६ मा रहेको अमरपटि प्राथमिक विद्यालयका पूर्वशिक्षक रामचन्द्र राय यादवको विदाइ गरिएको छ । विद्यालयका प्रधान शिक्षक किशुनदयाल यादवको अध्यक्षतामा भएको विदाइ कार्यक्रममा नजिकका विद्यालयका प्रधान शिक्षक नागेन्द्र पाण्डे सहित स्थानीय भद्रभलादमी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैले मुक्त कण्ठले विद्यालयका संस्थापक प्रधान शिक्षक समेत रहेका यादवको इमानदारीपूर्ण कार्यशैलीको प्रशंसा गरेका छन् । साढे तीन दशक लामो समय शिक्षण पेसामा बिताएका रामचन्द्र राय यादलले आफूले इमानदारीपूर्वक काम गर्दा समाजले सम्मान गर्ने बताएका छन् । आफ्नो योग्यता, दक्षता र क्षमताको उपयोग बालबालिकाको भविष्य उज्यालो पार्ने काममा गर्नेलाई समाजले पनि सम्मान गर्नुपर्ने वर्तमान प्रधान शिक्षक किशुनदयाल यादवले बताएका छन् ।
No comments:
Post a Comment