Wednesday, February 14, 2018

प्रेम दिवसको लागि गाएको गीत

तिमी फूलको राजा गुलाब हौ भने प्रिय,
म तिम्रो जिन्दगीको सूर्य बनि चम्काई दिउला ।
यदि तिमी अपसराकी रानी रम्भा हौ भने प्रिय
तिम्रो सौन्दर्यलाई, ईन्द्रेणीरंगले रंगाई
हृदयभित्र सजाइ राखौंला ।
यदि तिमी मेरो संसार हौ भने,
म तिम्रो चन्द्रमा बनि वरिपरि घुमी रहौला ।
यदि तिमी प्रशान्त महासागरको टापू हौ भने
म सागर भनि तिम्रो वरिपरि शितल हावा छरि दिँउला ।
यदि तिमी जीवनको रथ हौ भने प्रिय,
म तिम्रो रथलाई डो¥याउने चक्का बनि गुडि दिँउला ।

डिग बहादुर तामाङ्ग
मेरिल्याण्ड, अमेरिका ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...