Wednesday, February 14, 2018

नगर कार्यालय सार्ने निर्णय गर्न खोज्दा रौतहटमा दर्जनौँ राउण्ड गोली चल्यो

सञ्जय मित्र, रौतहट
रौतहटको वृन्दावन नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय सार्ने विवादले उग्र रुप लिएपछि गोली चलेको छ । नगर कार्यपालिकाको बैठकले साबिक विश्रामपुर गाविस कार्यालयमा रहेको वृन्दावन नगरपालिकाको कार्यालय करिब पाँच किलोमिटर टाढा हर्षाहा चौकमा सार्ने निर्णय गर्न लागेको भन्दै गत हप्तादेखि नै कार्यालयमा तालाबन्दी स्थानीयबासीले तालाबन्दी गरेका थिए ।

बुधवार कार्यालय सार्ने निर्णय हुन थालेको भन्दै स्थानीयबासीको ठूलो समूह कार्यालयलाई चारैतिरबाट घेरा हाली ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । हजारौँको संख्यामा आक्रोशित स्थानीयबासीलाई तितरबितर पार्न करिब २१ राउण्ड अश्रुग्याँस प्रहार गरिएको रौतहट प्रहरी प्रमुख एसपि यज्ञविनोद पोखरेलले बताएका छन् ।
ढुंगामुढाबाट केहीलाई चोटपटक लागेको र केही घाइते भएको बताइएको छ तर घाइतेको तथ्यांक बाहिर आउन सकेको छैन । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटनास्थलको स्थिति अहिले प्रहरीको नियन्त्रणमा रहेको एसपि पोखरेलले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...